टाउको दुख्यो, कम्मर चस्कियो या कुनै सामान्य घाउचोट लाग्यो भने मानिस उपचार गर्छ वा स्वास्थ्यमा समस्या भएको रूपमा लिन्छ । रुघाखोकी लाग्दा पनि मानिस ठूलै समस्याका रूपमा लिन्छन् । मानिसको अन्य स्वास्थ्यजस्तै दाँत स्वास्थ्य पनि महत्वपूर्ण हो ।गिजाबाट रगत आउने समस्यालाई मानिसहरुले वेवस्ता गरीरहेका हुन्छन् । तर गिजाबाट रगत बग्नु विभिन्न स्वास्थ्य समस्याको संकेत हुनसक्छ।गिजाबाट रगत बग्ने समस्यालाई वेवास्ता गर्दा पछि धेरै ठूलो स्वास्थ्य समस्या निम्तिन सक्छ । त्यसैले गिजाबाट रगत बग्ने समस्यालाई सामान्य सोचेर वेवास्ता गर्नु हुँदैन । हाम्रो समाजमा धेरै मानिसहरु लाई मुखमा रगत देखिएपनि दुखाई नभएको हुनाले यस रोगलाई वास्ता नगर्ने वा उपचारको लागि नआउने पनि हुन सक्छ ,
जुन धारणा गलत हो मुखमा रगत आउनु एउटा Silent Disease जस्तो हो ।
दाँत कीराले खानु, गिजा सुन्निनु, पाक्नु, पिप वा रगत आउनु, गिजा पाक्नु र दुख्नु आदि दाँतका समस्या हुन् । तपाईंले यो समस्यालाई सामान्य रूपमा लिनुभएको हुनसक्छ । त्यसो गर्दा समस्या झन् ठूलो हुनसक्छ । किनकि तपाईं पायरिया अर्थात् दन्तहर्षा रोगबाट पीडित हुनुहन्छ वा त्यो सम्भावना छ भन्ने कुरा बुझ्नुपर्छ । दाँतको मुख्य समस्यामा दाँतको सडन र पायरिया हो । पायरिया दाँतको गम्भीर रोग हो । यसलाई चलनचल्तीको भाषामा दन्तहर्षा भनिन्छ । सामान्यतया हरेकपटक खाना खाइसकेपछि मुख कुल्ला गर्ने बानी नहुँदा र राति सुत्नुअघि ब्रस नगर्दा सानो वा ठूलो जुनसुकै उमेरमा पनि यो समस्या निम्तिन सक्छ ।के गर्ने तर ?
। कब्जियतबाट बच्ने ।
। दिनमा दुईपटक नियमित बिहानको खाना र राति सुत्नुअघि ब्रस गर्ने ।
। नरम ब्रस प्रयोग गर्ने ।
। शरीरमा भएका विषाक्त तत्वहरूको निष्कासनका लागि प्रशस्त मात्रामा पानी पिउने ।
। पायरियाको उपचारका क्रममा बिरामीले मसलारहित उसिनेको सागपात मात्र खाने ।
। भिटामिन सी, डी र क्याल्सियमयुक्त खाना खाने ।जस्तैँ गाँजर, हरियो सागपात, पालुंगो, मेथीको साग, प्याज, मुला, अमला, गोलभेँडा, कागती, सुन्तला, मौसम, स्याउ, अम्बा, केरा, अंगुर आदि खाने । सन्तुलित भोजनका साथै दाँत बलियो बनाउन व्यायाम पनि आवश्यक हुन्छ । दाँतको व्यायाम नहुने हुँदा दाँत कमजोर भई रोग लाग्ने गर्छ । त्यसैले दाँत बलियो बनाउन समयसमयमा मकै, भटमास, मटर, चना, छुर्पी आदि खानुपर्छ । कम्तीमा वर्षको दुईपटक दन्तचिकित्सककहाँ गई दाँतको जाँच गराउनुपर्छ ।
ओम समाज डेण्टल हस्पिटल गोपीकृष्र्ण मार्ग ,
डोमा शेर्पा (Dental HYG)
राम माया काउचा (Dental HYG)
सबिना गुरुङ (Dental HYG)