अमेरीकन लाइफ इन्सुरेन्स (METLIFE ), पुल्चोक मा सोमबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल रअमेरीकन लाइफ इन्सुरेन्स (METLIFE ) का बीच दन्त रोगको उपचारमा छुट सम्वन्धी सम्झौता भएको छ । सम्झौतामा अमेरीकन लाइफ इन्सुरेन्स (METLIFE ) का अपरेशन प्रमुख राम कुमार यादव र ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा।सुभाष घिमिरेले हस्ताक्षर गर्नु भएको छ । उक्त सम्झौता बमोजिम अमेरीकन लाइफ इन्सुरेन्स (METLIFE ) का कर्मचारी तथा ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा दन्त रोगको उपचारमा विशेष छुटको व्यबस्था गरिएको छ ।
यसै कार्यक्रममा वरिष्ठ दन्तरोग विशेषज्ञ डा। सुभाष घिमिरे लेअमेरीकन लाइफ इन्सुरेन्स (METLIFE ) का अपरेशन प्रमुख राम कुमार यादव र खुसाली भण्डारी लाई माया को चिनो दिदै अब आगामी दिन हरुमा दात र मुख को पनि इन्सुरेन्स का योजना अघि सार्न आग्रह गर्दै दन्त स्वास्थ हाम्रो लागी अभिन्न अंग हो जस्को दात सबल उस्को जिबन सफल भन्नु भयो । उक्त कार्यक्रममा अमेरीकन लाइफ इन्सुरेन्स (METLIFE )का अपरेशन प्रमुख राम कुमार यादव ले ओम समाज डेन्टल हस्पिटलसँग सहकार्य गर्नु पाउँदा खुसी प्रकट गर्दै हस्पिटल परिवारलाई हार्दिक आभार प्रकट गर्नुभयो । उक्त कार्यक्रम मा ओम समाज डेन्टल हस्पिटल प्रसासन प्रमुख अजय रेग्मी को पनि उपस्थिती रहेको थियो