हाम्रो समाजमा प्रायः मानिसहरु दाँत दुख्न थालेपछि मात्र उपचारकालागि अस्पताल आउने गरेका छन् । यसरी ढिला गरेर आउँदा समस्या जटिल भइसकेको हुन्छ । सचेत भएर बेला बेलामा दाँत तथा मुखको परिक्षण गराउने र समस्याको समयमै उपचार गराउनाले दाँतलाई सड्नबाट बचाउन सकिन्छ। मुख तथा दाँतको थप जटिल समस्याहरु हुनबाट समेत जोगिन सकिन्छ।
हाम्रो मुख भित्र धरै प्रकारका ब्याक्टेरिया हुन्छन् । त्यसमध्येको एक हो ‘स्टेप्टोकोकस ब्याक्टेरिया’ हामीले खाएका पदार्थहरु जब दात र गीजाको बीचमा, दाँतको चपाउने भागमा वा दाँतहरुबीचको कापमा दन्तलेउको रुपमा अड्केर बस्छ स्टेप्टोकोकस ब्याक्टेरियाले तत्काल एसिड उत्पादन गर्न थाल्छ सो एसिडले बाहिरी तह अर्थात ‘इनामेल’ सोही खिएको ठाँउबाट ब्याक्टेरिया दाँतको भित्री भागमा छिर्छ र जति भित्र जान्छ संक्रमण बढाउदै जान्छ । दातलाई जोगाउन अनेक प्रयास गरे पनि कहिले काही दात किराले खाने गर्दछ ।
दातलाई किराले खान बाट रोक्न सर्ब प्रथम सफा गरि रहन पर्दछ । खानपिन पछि दातलाई सफा गरि हाल्नु पर्दछ जसले दातमा टासिएको बस्तु बाहिर निस्कियोस ।
सामान्यतया दाँतमा किरा लागेर वा दाँत सडेर दाँतको भित्री भाग र तह (रगत सञ्चालन हुने नशा ) सम्म नपुग्दा चिसो र गुलियो खाँदा दाँत सिरिङ्ग सिरिङ्ग हुने गर्दछ ।यदि दाँत किराले खाँदै र सड्दै जाँदा नशा सम्म पुगेमा दाँत दुख्ने गर्दछ । यो समय पिडादायक हुने गर्दछ ।
दाँत सिरिङ्ङ–सिरिङ्ङ हुने वा चिसो पानी, गुलियो वस्तु खाँदा दाँत दुख्ने वा लाग्ने रोगलाई चिकित्सकीय भाषामा हाइपर सेन्सीटीभीटी भनिन्छ । हाइपर सेन्सीटीभीटी एक किसिमको दुखाइ हो जुन दाँत को बीचको तह डेन्टीन देखिएर हुने गर्छ । यस रोगलाई सुरु गराउने तथा बढाउने काम तातो–चिसो, ब्रस गर्दा वा छुँदा, औषधि, रसायन, गुलियो पदार्थले गर्छ ।
हाइपर सेन्सीटीभीटीमा दुखाइ तिखो, गम्भीर, केही समय सेकेण्डदेखि मिनेटसम्म हुन्छ । बिरामीले उक्त दाँत देखाउन सक्छ, बिरामीले भन्दा सिल्का हान्छ, कन्चट हान्छ भन्ने जस्ता शब्द प्रयोग गर्छन् । यस्तो दुखाइको प्रकृति अन्य दुखाइको तुलनामा फरक हुन्छ ।
तेसैले कम्तीमा तीन महिनाको अन्तरकालमा नियमित रुपमा दाँत चिकित्सकलाई आफ्नो मुख तथा दाँत जँचाउनु र परामर्श अनुसार दाँत सफा गर्ने र उपचार गराउनु उपयुक्त हुन्छ ।