मंशिर १८ / ओम समाज डेन्टल हस्पिटल चाबहिल , काठमाण्डौमा बुधबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल र मोक्ष्य लक्ष्मी बचत तथा ऋण सहकारी बीच दन्त रोगको उपचार, जनचेतना फैलाउने उदेस्यका लागि सहकार्य भएको छ ।ओम समाज डेन्टल हस्पिटलले दन्त उपचार सबै को माझ सुलभ होस् भनि हाल सामाजिक संघ,संस्था,बैंक हरु संग सहकार्य गरि दन्त उपचार लाई सबै माझ सुलब बनाउदै आई रहेको छ यसै अन्तर्गत ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा। सुभाष घिमिरे तथा मोक्ष्य लक्ष्मी बचत तथा ऋण सहकारी का कार्यकारी प्रमुख घनश्याम पोख्रेल ले सहमति पत्र मा हस्ताक्षर गर्नु भयको थियो । उक्त सहमतिपत्र मा मोक्ष्य लक्ष्मी बचत तथा ऋण सहकारी मा कार्यरत कर्मचारी तथा सहकारी का सेवाग्राही लाई दन्त रोगको उपचार मा छुट को ब्यबस्था गरियको छ ।यसै कार्यक्रममा वरिष्ठ दन्तरोग विशेषज्ञ डा। सुभाष घिमिरे ले मोक्ष्य लक्ष्मी बचत तथा ऋण सहकारी संग अब सामाजिक कार्यहरु मा हातेमालो गरि अघि बढ्ने कुरा मा जोड दिईयको थियो
मोक्ष्य लक्ष्मी बचत तथा ऋण सहकारी का कार्यकारी प्रमुख घनश्याम पोख्रेल ले ओम समाज डेन्टल हस्पिटलसँग सहकार्य गर्नु पाउँदा खुसी प्रकट गर्दै हस्पिटल परिवारलाई हार्दिक आभार प्रकट गर्नुभयो ।