OM Samaj Dental Hospital

२०७६ पौष २८ काठमाण्डौं । सवैको पहुँचमा दन्त उपचार, जस्को दाँत सबल उस्को जिबन सफल भन्ने नाराका साथ जनचेतनामुलक कार्य गर्दै ओम समाज डेन्टल हस्पिटल र बिद्या सागर इन्ग्लिश बोर्डिंग स्कुल गोकर्नेशावोर -५ जोरपाटी बिच सहकार्य भएको छ ।


सम्झौतामा बिद्या सागर इन्ग्लिश बोर्डिंग स्कुलको तर्फबाट स्कुल प्राद्ध्यानापक सुनिता बुढाथोकी र ओम समाज डेन्टल हस्पिटलको तर्फबाट वरिष्ठ दन्तरोग विशेषज्ञ डाक्टर सुभाष कुमार घिमिरे बिच हस्ताक्षर भयको छ । संझौतामा स्कुल कर्मचारी, बिधार्थी, र अभिभावकले समेत उपचारमा विशेष छुट पाउने ब्यबेस्ता हरु उल्लेख  छन् । ओम समाज डेन्टल हस्पिटलले सवैका लागि सहज दन्त उपचारका लागि विभिन्न संघ संस्थाहरुसँग सहकार्यको संझौता गर्दै आएको छ । ओम समाज डेन्टल हस्पिटलले सामाजिक कार्यहरुमा विशेष जोड दिदै यस स्कुल संग सहकार्य गरि बिधालय,बिधार्थी र अभिभावक हरु संग जोडिएर सवैको पहुँचमा दन्त उपचार पुराउन अझ बढी सहज हुने ओम समाज डेन्टल हस्पिटलका वरिष्ठ दन्तरोग विशेषज्ञ डाक्टर सुभाष कुमार घिमिरे को धारणा रहेको थियो भने बिद्या सागर इन्ग्लिश बोर्डिंग स्कुलकि प्राद्ध्यानापक सुनिता बुढाथोकीले ओम समाज डेन्टल हस्पिटल संग सहकार्य गर्न पाउदा आफु हर्सित भएको भन्दै ओम समाज डेन्टल हस्पिटल परिबार लाई धन्यवाद प्रकट गर्नु भएको थियो /

Leave a Reply

Your email address will not be published. Required fields are marked *