OM Samaj Dental Hospital

आज कुशे औशी तथा बुबाको मुख हेर्ने दिन उक्त दिनमा सामाजिक संजालमा देखाउनका लागि बुबालाई मिठाइ तथा लुगा दिई फोटो खिची पोस्ट गर्नेका लागि प्रायजसो व्यक्तिहरु अगाडी देखिन्छन तर एक दिन का लागि मात्र बुबालाई माया गरे जस्तो गर्छन बाँकी ३६४ दिन कुनै वास्ता गर्दैनन् /बाचुन्जेल घृणा र तिरस्कार मरेपछि श्राद्का लागि राम्रा राम्रा सामाग्री जुटाउन पछि पर्दैनन् त्यसैले श्राद्ध गर्नु भन्दा श्रद्धा गर्नु बेस हुन्छ भन्दै यस स्वार्थी समाजका एक होनहार ओम समाज डेन्टल हस्पिटलका सल्लाहाकार सिन्धुली घोक्सिला निवासी  बुबा बिष्णु प्रसाद बराल तथा माता अनन्त देबी बरालका छोरा होम मणि बरालले बुबाको मुख हेर्ने दिनको अवसर पारि आफ्नो बुबा आमाको सम्झनामा रु पचास हजारको अक्षयकोष मेधाबी बचत तथा ऋण सहकारीमा स्थापना गर्नुभएको छ । उक्त अक्षयकोष निरन्तर रुपमा प्रत्यक बर्ष वृद्धि गर्दै जाने कुरा बरालले बताउनु भयो /

उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याजले प्रत्येक वर्ष एक जना गरिब तथा जेहन्दार बिधार्थी को लागि छात्रवृत्ति प्रदान गरिने पनि बरालले जानकारी दिनुभयो ।
बराललाई बधाई दिँदै आमा बुबाको नाममा अक्षयकोष स्थापना गर्नुभएको मा ओम समाज डेन्टल हस्पिटल तथा मेधाबी बचत तथा ऋण सहकारीका अधक्ष्य एबम् बरिस्ठ दन्त्य रोग बिशेसज्ञ डा.सुबास घिमिरेले उहाँको सामाजिक कार्यको प्रशंसा गर्दै अरुले पनि यसबाट पाठ सिक्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *