काठमाडौ,असोज १२ ।
मेधावी बचत तथा ऋण सहकारी संस्था लि चावहिलको पाँचौ वार्षिक साधारण सभा ओम समाज डेन्टलको सभा हलमा सम्पन्न भएको छ।
प्रतिनिधि सभा सदस्य माननीय गगन कुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारण सभामा काठमाडौं महानगरपालिका वडा नं।७ का वडा अध्यक्ष सुद्ध कुमार डंगोल, वडा सदस्य कृष्णमणि भट्टराई लगायत संस्थाका पदाधिकारी, सदस्य,शेयर सदस्य र विशिष्ट ब्यक्तित्वहरुको उपस्थित रहेको थिए।
सो कार्यक्रममा मेधावी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रामेश्वर जंग केसीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको अध्यक्षता डा। सुवाश घिमिरेले गरेका थिए ।
सो साधारण सभामा संस्थाका अध्यक्ष डा। सुवाश घिमिरेले आगामी वर्षमा संस्थाले गर्ने कार्यक्रम तथा भावी योजनाका वारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समितिको तर्फ बाट लेखा प्रतिवेदन र कोषाध्यक्षले बार्षिक आय व्यय प्रस्तुत गरिएको थियो।