OM Samaj Dental Hospital

Categories
news

ओम समाज डेन्टल हस्पिटल र घिमिरे समाज नेपालको १३ औ स्थापना दिबस को उप्लक्ष्यमा एकदिने नि:सुल्क दन्त शिविर रामेछाप मन्थली को चिसापानी मा सम्पन्न हुने

बिगत लामो समय देखि संचालित चाबहिल चोक बाट उत्तर पूर्व मा मुख्य अस्पताल र नैकाप मा शाखा रहेको र बर्दिबास गौरी डाडा मा पनि शाखा बिस्तार गर्दै गरेको ओम समाज डेन्टल अस्पताल आफ्नो सेवा, अत्याधुनिक उपचार बिधि , व्यवस्थापन, विश्वस्तरीय प्रविधि, विरामी मैत्री पूर्वाधार,आफ्नै हस्पिटल को भवन, प्रसस्त पार्किंग सुबिधा,दन्त स्वास्थ मुलक कार्यक्रमहरु तथा अन्तराष्ट्रिय मापदण्डको सही व्यवस्थापनले अस्पताल जनमानस को मन मस्तिस्क मा बस्न सफल भयको छ ।

 ओम समाज डेन्टल हस्पिटल र घिमिरे समाज नेपालको १३ औ स्थापना दिबस को उप्लक्ष्यमा एकदिने नि:सुल्क दन्त शिविर भीमेश्वर रुद्र मा.बि  चिसापानी  रामेछाप मन्थली मा यहि कार्तिक ३० गते सानिबार का दिन सम्पन्न हुने  भएको छ । उक्त शिविर मा ओम समाज डेन्टल हस्पिटल का बरिस्ठ डा.सुबाष कुमार घिमिरे ,डा.निशा थापा ,डा. रोशन चौधरी डा.निरज पौडेल लगायतका चिकित्सक हरुको सहभागिता हुदै छ /

यस अस्पतालले लामो समय देखि दन्त स्वास्थ सम्बधि जनचेतना फैलाउने र सबै को पहुँच मा उपचार पुराई कोहि व्यक्तिलाई दन्त उपचारबाट बन्चित हुन् नपरोस सबै माझ सुलभ होस् तेसै उदेस्यका साथ् नि:सुल्क शिविर हरुको आयोजना गर्दै आइरहेको यस हस्पिटलले आफ्नो सामाजिक उत्तरदाइत्व अन्तर्गत उपत्यका भित्र बाहिर गरि बार्षिक ९००-१००० स्थान मा निसुल्क दन्त सिबिर तथा दन्त स्वास्थ मुलक कार्यक्रम हरु गर्दै आई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *