OM Samaj Dental Hospital

Categories
news

भक्तपुर कौशलटार मा ३०५ जना को नि:सुल्क दन्त्य परीक्षण

काठमाडौं, ०५ सानिबार , मंशिर -आदर्स जनप्रेमी स्कुल भक्तपुर कौशलटार मा ओम समाज डेन्टल हस्पिटलले नि:सुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । ओम समाज डेन्टल हस्पिटल र सिद्धेश्वोर महिला बचत तथा ऋण सहकारी  को संयुक्त सक्रियतामा दात मुख सम्बधि नि:सुल्क स्वास्थ्य शिविरको  आयोजना भएको थियो । सो अवसरमा ३०५ जना को स्वास्थ्य परीक्षण गरियो/

शिबिर दन्त स्वास्थ सम्बन्धी जनचेतना फैलाउने उदेश्यले आयोजना गरिएको थियो । उक्त शिबिरमा ओम समाज डेन्टल अस्पतालका दन्त्य चिकित्सकहरुको टीमसहित बरिस्ठ दन्त्य रोग बिशेसज्ञ डा.सुबाश घिमिरे सहित अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्सको प्रयोग गरियको थियो जसमा डेन्टल चेयर, कम्प्रेसर लगायतका सामाग्रीहरु जडित छन् । शिविरमा  ब्रस गर्ने सहि तरिकाको बारेमा पनि सीकाइएको थियो भने दन्तरोगका बारेमा के कसरी बच्न सकिन्छ भन्नेबारेमा पनि डाक्टरहरुद्धारा बिरामीहरुलाई जानकारी दिईएको थियो ।
यस्ता शिविर समय समयमा हुनेगरेमा मुख स्वास्थ्य र दन्त रोगका बारेमा जनचेतनाजगाउन कठिनाईनहुने शिबिरमा उपस्थित बिरामी हरुको धारणा रहेको थियो ।


ओम समाज डेन्टल हस्पिटलले सबैमा मुखको स्वास्थका बारेमा जानकारी होस् भन्ने उदेश्यका साथ् नि:सुल्क  शिबिरहरु आयोजना गर्दै आईरहेको र  शिबिर मा उपस्थित बिरामी हरुलाई ओम समाज डेन्टल हस्पिटल का तर्फ वाट आजिबन सदस्य कार्ड वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *