OM Samaj Dental Hospital

असार २९ , नेपालमा अलग्गै पहिचान बनाउन सफल ओम समाज डेन्टल हस्पिटलले लामो समयदेखि सामाजिक सेवामा समर्पित रहेर कार्य गरेको यहाँहरु माझ  सर्वविदितै छ ।

ओम समाज डेन्टल हस्पिटलले बिभिन्न समय समयमा देसको लागि  महत्वपूर्ण योगदान पुर्याउने बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेको छ ।

यसैक्रममा ओम समाज डेन्टल हस्पिटलले लक् डाउनको अवधिभर यस संस्थाका दन्त्य चिकित्सक तथा कर्मचारीले समाजप्रति आफ्नो जिम्मेवारी निभाउने क्रममा  बिप्पदको समयमा पनि  आफ्नो कार्यमा ज्यानको बाजी लगाउंदै निरन्तर रुपमा कार्यगर्ने कर्मचारी तथा चिकित्सकलाई सम्मान गरेको छ ।

उक्त कार्यक्रममा सम्मानित हुनेहरुमा हस्पिटलका कर्मचारी चिकित्सकहरुबाट डा.विजय गामी ,डा.सुजना अधिकारी ,डा.रित राज खड्का ,सागर काफ्ले ,ठाकुर पराजुली , तथा अन्य कार्य बाफत रबिना भुर्तेल, मिना शेर्पा, अन्जना खड्कालाई सम्मानित गरिएको थियो

भने  कार्यक्रममा नेपाल प्रहरीको डी.आई.जी पदमा पदोन्नति हुनु भएका डा.सुन्दर होजु र अन्नपूर्ण पोस्टको प्रधान सम्पादकमा पदोन्नति हुनुभएका श्री अखण्ड भण्डारी उहाँहरुलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै सम्मानित गरिएको थियो   /

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *