OM Samaj Dental Hospital

Categories
news

चिसो मौसममा दाँतको हेरविचार कसरि गर्ने त् ?

चिसो मौसममा दाँत सिरिङ सिरिङ हुने, चिसो पानी तथा गुलियो वस्तु खाँदा दाँत दुख्नेलगायतका समस्या हरु जाडो मौसममा बढी देखिन्छ यसलाई  चिकित्सकीय भाषामा हाइपर सेन्सिटिभिटी भनिन्छ । हाइपर सेन्सिटिभिटी एक किसिमको दुखाइ हो, जुन दाँतको बीचको तह डेन्टिन देखिएर हुने गर्दछ । यस रोग  बढाउने काम तातो, चिसो, ब्रस गर्दा अथवा छुँदा, औषधि, रसायन, गुलियो पदार्थले गर्छ ।
हामी सबैलाई थाहा भएकै कुरा हो दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ। इनामेलभन्दा भित्रको भाग डेन्टिन हो। सबैभन्दा भित्रको भागलाई पल्प भनिन्छ। विभिन्न कारणबस इनामेल खिइँदा डेन्टिन देखिन्छ र सिरिङ–सिरिङ हुन्छ। डेन्टिनमा रहने नशाहरु संवेदनशिल हुन्छन्।


कस्ता लाई हुन्छ सिरिङ–सिरिङ ?

१) धेरै कडा ब्रस, बलपूर्वक दाँत सफा गर्ने तथा गलत तरिकाले ब्रस गर्ने, प्रयोग गरिने दन्तब्रस र दन्तमञ्जन नमिल्दा ।

२) बुढ्यौली उमेरका कारणले ।

3) गिजा तथा पेरियोडोन्सियमको उपचार गरिएका बिरामी ।

४) अमिलो डकार्ने व्यक्ति ।

५ ) थुक वा र्‍याल  कम आउने भयमा ।

६) यदि नमिलेको दाँत छ भने पनि टोकाइ नमिलेर दाँत खिइन सक्छ ।

७ ) धेरै मात्रामा तथा लामो समयसम्म मुखमा राखी अम्लीय खाद्य पदार्थ कागती, अंगुर खानेकुरा खाएमा ।
अम्लीय पेय पदार्थ दिनभरि पिउनेहरू, जस्तै– कोल्ड ड्रिंक्स ।

८) मुख सफा नराख्नाले गिजाको रोग जस्तै गिजा तल सर्ने भएर दाँतको जरा देखिन पुग्छ र सिरिङ–सिरिङको समस्या आउँछ।

९) दाह्रा किट्ने, पाइपबाट धूम्रपान गर्ने, बबी पिन दाँतले खोल्ने बानी, माटो खाने बानी भएका ।

समाधान, साबधानी 

यदि दाँत सिरिङ–सिरिङ हुने समस्या छ भने तुरुन्तै दन्त चिकित्सककहाँ गएर कारण पत्ता लगाउनुपर्छ। कारणअनुसार उपचार गराउनु  पर्छ।
१) संवेदनशीलतामा प्रयोग गर्ने मन्जनहरु थुप्रै नाममा बजारमा उपलब्ध छन् जुन दुई हप्ताजति प्रयोग गरे सिरिङ–सिरिङको समस्या बिस्तारै कम भएर जान्छ।

२) यदि गिजा धेरै तल सरेर दाँतको जरा देखिएर यस्तो समस्या आएको हो भने सर्जरी पनि गर्नुपर्ने हुन सक्छ। यसो गर्दा देखिएको दाँतको जरा छोपिन्छ र समस्या कम भएर जान्छ।

३) दाँत किट्ने बानीले यो समस्या आएको हो भने माउथगार्ड लगाउनु पर्छ।

४) दाँत किराले खाएर यो समस्या आएको हो भने तुरुन्त दन्त चिकित्सककहाँ गएर दाँत भरिहाल्नुपर्छ।

५) यदि पहिले भरेको दाँतको सिमेन्ट निस्किएको छ भने फेरि भर्नुपर्छ।

६) सकेसम्म पेटको समस्याको उपचार छिट्टो गराइहाल्नुपर्छ।

७) नमिलेको दाँतको अर्थोडोन्टिक उपचार गराउनुपर्छ, जसमा तारको सहायताले नमिलेको दाँत मिलाइन्छ र दाँत अझै खिइनबाट बचाउन सकिन्छ।

८) सकेसम्म प्रत्येक ६-६ महिनामा दाँत परीक्षण गर्ने बानी बसाल्नुपर्छ। जसले गर्दा दाँतमा देखिने तत्कालीन र दीर्घकालीन समस्याबाट बच्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *