OM Samaj Dental Hospital

Categories
news

नि:सुल्क  दन्त शिविर मा मिथिला नगरपालिका लालगढ का दुई सय बढी स्थानीयवासीले नि:सुल्क रूपमा दाँतको उपचार सेवा

मंशिर २१ सानिबार , ओम समाज डेन्टल हस्पिटल बर्दिबास र हातेमालो युवा समाजको आयोजना संचालित नि:सुल्क  दन्त शिविर मा मिथिला नगरपालिका लालगढ का दुई सय बढी स्थानीयवासीले नि:सुल्क रूपमा दाँतको उपचार सेवा पाएका छन् । शनिबार हातेमालो युबा समूहको सभाहलमा आयोजित नि:सुल्क  दन्त शिविर का लागी काठमाडौँमा रहेको ओम समाज डेन्टल हस्पिटलबाट वरिष्ठ दन्तरोग विशेषज्ञ सुभास कुमार घिमिरे सहित को चिकित्सकको टोली र ओम समाज डेन्टल हस्पिटल बर्दिबास शाखा का डा।कुन्दन शर्मा,डा।रोशन शाह लागायत का चिकित्सक हरुले बिरामिहरुको दाँत परिक्षण गरेका थिए । उक्त शिविरमा दाँतभर्ने, निकाल्ने, सफागर्ने र दन्त रोगका बारेमा आवश्यक परामर्श पनि दिइएको थियो । बरिष्ठ दन्तरोग विशेषज्ञ सुभास कुमार घिमिरेका अनुसार सामान्य असावधानीका कारण दाँत किराले खाने र समस्यागम्भिर बन्दै जाने बारे उपचारका क्रममा बिरामिहरुलाई जानकारी गराउनुभएको थियो । हातेमालो युवा समाजको को आयोजनामा संचालित शिविरमा आसपास का छिमेकी गाउ हरु बाट बिरामी ले शिबिर को सेबा लिएका थिय। हातेमालो युवा समाज का बरिस्ठ व्यक्ति हरुले उहाँले यस्ता स्वास्थ्य शिविरलाई म प्रोत्साहन गर्छु भन्दै ओम समाज डेन्टल हस्पिटल बर्दिबास लाई धन्यवाद दिनुभएको भयो ।


साथै ओम समाज डेन्टल हस्पिटल, सुनकोशी सामुदायिक अस्पताल खुर्कोट र सुनकोशी अंग्रेजी फ्ररंटियर बोर्डिंग स्कुल को आयोजना मा सानिबार नै एकदिने नि:सुल्क  दन्त शिबिर सम्पन्न भयको छ उक्त शिबिर मा पनि ओम समाज डेन्टल हस्पिटलबाट वरिष्ठ दन्तरोग विशेषज्ञ सुभास कुमार घिमिरे सहित को चिकित्सक हरुको सहभागिता थियो ।

शिविरमा उपस्थितबिरामिहरु लाई ओम समाज डेन्टल हस्पिटलको तर्फबाट नि शुल्क आजिवन सदस्य कार्ड वितरण गरिएको थियो।ओम समाज डेन्टल हस्पिटल ले दात मुख सम्बधि जनचेतना फैलाउने उदेस्यका साथ यस्ता सिबिर हरु गर्दै आइरहेको छ /

Leave a Reply

Your email address will not be published. Required fields are marked *