OM Samaj Dental Hospital

Categories
news

मन्थली रामेछाप नगर पालिका वाड़ा न ८ द्वारा ओम समाज डेन्टल हस्पिटल सम्मानित

ओम समाज डेन्टल हस्पिटल र घिमिरे समाज नेपालको १३ औ स्थापना दिबस को उप्लक्ष्यमा एकदिनेनि:सुल्क  दन्त शिविर भीमेश्वर रुद्र मा।बि चिसापानी रामेछाप मन्थली मा यहि कार्तिक ३० गते सानिबार का दिन सम्पन्न भएको छ । उक्त शिविर मा ओम समाज डेन्टल हस्पिटल का बरिस्ठ डा।सुबाष कुमार घिमिरे को नेत्रित्व मा गएको चिकित्सकटोलीमा डा।निशा थापा ,डा। रोशन चौधरी डा।निरज पौडेल लगायतका चिकित्सक हरुको सहभागिता थियो /


कार्यक्रममा घिमिरे समाज नेपालका पदाधिकारी हरु लगायत मन्थली नगरपालिका नगर प्रमुख रमेश कुमार बस्नेत वाड़ा न ८ का अध्यक्ष राज कुमार श्रेष्ठ लगायतका थुप्रै बरिस्ठ ब्यक्ती हरु उपस्थित कार्यक्रम मा बोल्दै मन्थली नगरपालिका नगर प्रमुख रमेश कुमार बस्नेतले लामो समय देखि दन्त स्वास्थ सम्बधि जनचेतना फैलाउने कार्य गर्दै आइरहेको ओम समाज डेन्टल अस्पताल लाइ यस्तो उदाहरणनिय कार्य बाफत आभार प्रकट गर्दै दाँत को उपचार लाई रामेछाप बासिन्दा सहज गरिदिएको मा धन्यवाद ज्ञापन गर्नु भयो भने मन्थली रामेछाप नगर पालिका वाड़ा न ८ ले उदाहरणनिय कार्य गरेको बाफत ओम समाज डेन्टल अस्पताल लाई सम्मान पत्र समेत प्रदान गरेको थियो र
ओम समाज डेन्टल हस्पिटल का बरिस्ठ डा।सुबाष कुमार घिमिरेले हस्पिटलले आफ्नो सामाजिक उत्तरदाइत्व अन्तर्गत उपत्यका भित्र बाहिर गरि बार्षिक ९००-१००० स्थान मा निसुल्क दन्त सिबिर तथा दन्त स्वास्थ मुलक कार्यक्रम हरु गर्दै आईरहेको र डेन्टल हस्पिटल को पहुच भन्दा टाडा रहेका गाउ बस्ति हरुमा दन्त स्वास्थ सम्बधि जनचेतना फैलाउने काम गर्दा आफु लाई खुसि मिल्ने भन्दै जस्को ूदात सबल उस्को जिबन सफलुू भन्नु भएको थियो /

शिबिर मा उपस्थित बृद्ध सबै ले यसरि आफ्नो घर आगन मा दात निकाल्न पाउदा खुसीको सिमा नरहेको जानकारी गराउनुभएको थियो /

Leave a Reply

Your email address will not be published. Required fields are marked *