OM Samaj Dental Hospital

ओम समाज डेन्टल हस्पिटल चाबहिलले सामाजिक उत्तरदायित्व अन्तरगत गरिब तथा असहायहरुको लागि निःशुल्क तथा सहुलियत डेन्टल सेवा पुर्याउँदै आएको कुरा सर्वविदितै छ ।

यसै शिलशिलामा नव अमरकान्तेश्वर युवा समूह जसले पशुपति क्षेत्रका गरिब असहाय, साधुहरुलाई सेवा दिँदै आएको संस्था संगको सहकार्यमा लक्षित समूहहरुलाई सहज रुपमा यस डेन्टल अस्पतालले मुख स्वास्थ्य नै सम्पूर्ण स्वास्थ्यको एउटा सुत्र हुनसक्छ भनेर रोकथाम र उपचारको उद्देश्यले आज अस्पताल हाताभित्रै एक सम्झौता गरेको छ ।

जस अनुसार अस्पतालले दिने हरेक सेवामा विशेष सुविधा, छुट र सहकार्य गरिने कुरा अस्पतालले जानकारी गराएको छ ।

मुख स्वास्थ्य महत्वपूर्ण भएकाले यसको सेवा सहज र सबैको पहुँचमा हुनुपर्ने मान्यता राखेका अस्पतालका अध्यक्ष डा. सुवास घिमिरेले सेवा गर्न चाहने देशका जुनसुकै निकायहरुसँग सहकार्य गर्न आफू तयार रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *