Skip to main content

OM Samaj Dental Hospital

समाज सेवा हरेकले गरिराख्नु भएको छ, समाजसेवा कसरी गर्ने किन गर्ने कस्का लागि गर्ने भन्ने कुरा निकै महत्वपूर्ण कुरा हो ।

ओम समाज डेन्टल हस्पिटलले अघिल्लो लक् डाउनको समयमा घर घरमा नि:शुल्क  दन्त्य सेबा दिएर धेरै बिरामीको दुखाइ पिडा लाई कम गरेको यस हस्पिटलले यस पटक भने नि:शुल्क कोभिड एम्बुलेन्स,अक्सिजन सेवाका साथ् केही आइसोलेसन सेन्टर सन्चालन मा पनि सहकार्य तथा सहजीकरण गर्नुका साथै कोभिड बिरामिहरुलाई पौष्टिक खाना पनि प्रदान गरिरहेको छ ।

ओम समाज डेन्टल हस्पिटलका अधक्ष्य डा।सुभास घिमिरेका अनुसार -यस  नि:शुल्क कोभिड एम्बुलेन्स सेवा रास्ट्रिय अभियानमा इच्छुक हरेक दाजु , भाइ, दिदिबहिनी बुबा, आमा सम्पूर्ण जोडिन सक्नुहुन्छ ।अहिले हामिले प्रदान गर्ने सेवा निशुल्क कोभिड एम्बुलेन्स सेवा, आइसोलेसन सेवा तथा बिपन्न असहाय अशक्त कोभिड बिरामिका लागि खाना सहयोग गर्ने हो यो सेवा तपाई लिन सक्नुहुन्छ बा  सेवा दिन सक्नुहुन्छ।


यस अभियानमा  प्रमुख समाजसेबी   सर्वेन्द्र खनाल , शिक्षाबिद कर्णबहादुर शाही क्याप्टेन बिजय लामा, कलाकार निखिल उप्रेती , केदार घिमिरे, युवा अभियन्ता ज्ञानेन्द्र शाहि , सन्जय राज अधिकारी, रामहरि शर्मा, कृष्ण घिमिरे, शुद्ध कुमार डङोल, बिनोद कुमार मन्डल, डा लिला पाठक, खगेन्द्र थापा, रामेश्वर के सि, देबेन्द्र प्रधान, श्रीराम प्याकुरेल, अजय श्रेष्ठ , रिसब लम्साल, कर्नेल जयेन्द्र बस्न्यात, अनिल थापा, दिनेश मगर, शोभा गुरुङ , बिमल मल्ल, चीन बहादुर तामाङ, सानू पुर्वाछाने, तारा बहादुर कुवर , नारायण प्रसाद गुरुङ , मन्जु कुवर, ज्योती बराल, गायत्री बराल , नन्दलाल बराल, अन्जु सेन्चुरी , टेक बहादुर सुनार, हरिकला सुनार, रोशन घिमिरे, भबिश्वर शर्मा, रोजन गुरुङ , यशोदा गुरुङ, टेकराज थापा, राज्कृष्ण श्रेष्ठ , गोमा आस्था, लक्ष्मी नारायण उप्रेती, सन्तोष गुरुङ, बिख्यार थपलिया, बिजि कोइराला, पुनम भण्डारि, अम्बिका श्रेस्ठ, सन्चिता लुइटेल, जिता बराल, मुना साधना बिक, सजना ध्योला, कल्पना रिजाल, नितु शर्मा, पेलि थुम्स्यङ, मेन्सु गुरुङ, सृष्टि ज्ञवाली, निर्मल कार्की, राजन देशार, रामकाजी भुजेल, सोम तामाङ, शान्ता शर्मा, अन्जना खड्का,ओम समाज डेन्टल का प्रसासन प्रमुख अजय रेग्मी, रमा उपाध्याय,राजु ब्यन्जन्कार, भिम्सेन मैनाली, लगायत धेरै समाजसेवी दाजु भाई दिदिबहिनी हरुको सक्रियताले आजको यस दिन सम्म २४सै घण्टा सेवा सन्चालनमा ल्याउन सफल भएका छौ ।

भन्दै हामीले काठमाडौ महानगरपालिका , चन्द्रागिरी, नागर्जुन, बुढानिलकण्ठ , टोखा, गोकर्नेश्वर नगरपालिका सङ समन्वय गरि १६ वटा एम्बुलेन्स निशुल्क सेवा आइसोलेसन सेवा र स्वस्थकर भोजन सेवा मा जुट्नुहुने सबैमा हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछौ।
आज सम्म पुर्याउनुभएको हरेक प्रकारको सहयोग तथा सेवाको उच्च कदर गर्दै यो अभियान मा समर्पित सबैको सु-स्वास्थ्य तथा दिर्घायु को कामना गर्दछौ।

यो पुण्य कार्यको नेतृत्वमा रहेका तथा यस अभियानका अभिएन्ता सर्वेन्द्र खनालले अझै धेरै आदरणीय समाजसेवी ब्यक्तित्व लाई यस अभियानमा जोडिन, हातेमालो गर्ने र समाजमा सकारात्मक सन्देश सहित उर्जा प्रदान गर्ने सबैमा आव्हान समेत गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *