OM Samaj Dental Hospital

श्रावण २, चन्द्रागिरी नगरपालिका नयाँ नैकापमा पुरोषोत्तम मासको पावन अवसरमा सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।


इन्द्र अन्नपुर्ण योगा , लाएन्स क्लब अफ काठमान्डौ,ओम समाज डेन्टल हस्पिटल तथा श्रीबैकुण्ठनाथ दिब्य्धामको आयोजनामा यही श्राबन २ गते देखी ८ गते सम्म संचालन हुने महायज्ञको पूर्बाङको अवसरमा मंगलबार शोभा कलश यात्रा गर्दै ओम समाज डेन्टल हस्पिटल नैकाप शाखामा भव्य महायज्ञ सुरु गरिएको छ ।


पुरोषोत्तम मास महोत्सवको पावन अवसरमा बिश्वमा शान्ति छाओस् सबै स्वस्थ रहुन कसैलाई पनि रोग नलागोस,सबै स्वस्थ रहुन भन्दै श्रीमदभागवत् सप्ताह ज्ञान महायज्ञ सुरु भएको प्रचारप्रसार समिति संयोजक डा.सुभाष घिमिरेले जानकारी दिए ।


साथै बिहान ५ बजे देखि ७ बजे सम्म योग ध्यान को कार्यक्रम तथा ७ बजे देखि पुजन एब पाठपारायण हुदै ८ गते कथा समापन तिल अर्चना,महाआरती एबम टिका प्रसाद वितरण कार्यक्रम गरि सप्ताह ज्ञान महायज्ञ सम्पन्न हुने कार्यक्रम रहेको डा.घिमिरेले बताएका छन् ।

श्रीबैकुण्ठनाथ दिब्य्धामका मठाधिष श्री १००८ स्वामी भागबताचार्यजी महाराजका मुखारबिन्द बाट सङ्गीतमय श्रीमद्भागवत ज्ञान महायज्ञको आयोजना हुने भएकाले सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा महायज्ञ प्रचार प्रसार समितिले हार्दिक निमन्त्रणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *