OM Samaj Dental Hospital

 

काठमान्डौँ चावहिल, गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत जेष्ठ २० गते सोमवार, बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ कपन स्थित, श्रीग्राम शिक्षा मन्दिर माविमा निशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।
हस्पिटलले सञ्चालन गरेको शिविरमा चार सय जना विद्यार्थिहरुको दन्त रोग विशषज्ञ डक्टरको टिमबाट दाँत, मुख र गिजाको उपचार गरिएको छ । सो शविरमा दन्त रोगका केही विरामीहरुलाई आवश्यकता अनुसार थप उपचारको लागि सुझाव सल्लाहा दिएको थियो ।
उक्त शिविरमा डा.आरती शर्मा, डा.अनुप्रिया शाहा, असिस्टेन्ट, सावित्रा निरौला र राज कुमार गिरीको टिमले शिविरको व्यवस्थापन गरको थियो । हस्पिटलले शिविरको सम्पूर्ण आर्थिक, मानव संसाधन र मोवाइल एम्बुलेन्स भ्यानको व्यवस्थापन निशुल्क गर्दै आएको छ । हस्पिटले यो बर्ष दुई दर्जन भन्दा बढि निशुल्क दन्त शिविर सम्पन्न गरि सकेको हस्पिटलका अध्यक्ष वरिष्ट दन्त सर्जन डा. सुवास घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *