OM Samaj Dental Hospital

काठमाडौं, ०५ सानिबार , माघ –हेल्लो किड्स जोरपाटी नारायणटारमा ओम समाज डेन्टल हस्पिटलले निस्सुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । ओम समाज डेन्टल हस्पिटलको संयुक्त सक्रियतामा दात मुख सम्बधि निस्सुल्क स्वास्थ्य शिविरको आयोजना भएको थियो सो अवसरमा १५५ जना को दन्त्य स्वास्थ्य परीक्षण गरियो/
शिबिर दन्त स्वास्थ सम्बन्धी जनचेतना फैलाउने उदेश्यले आयोजना गरिएको थियो । उक्त शिबिरमा ओम समाज डेन्टल अस्पतालका  बरिस्ठ दन्त्य रोग बिशेसज्ञ डा।सुबाश घिमिरेको नेतृत्वमा रहेको चिकित्सकको टोलीमा डा।अमर बचिभैया,डा।सुबिन श्रेष्ठ सहित अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्सको प्रयोग गरियको थियो जसमा डेन्टल चेयर, कम्प्रेसर लगायतका सामाग्रीहरु जडित छन् । शिविरमा ब्रस गर्ने सहि तरिकाको बारेमा पनि सीकाइएको थियो भने दन्तरोगका बारेमा के कसरी बच्न सकिन्छ भन्नेबारेमा पनि डाक्टरहरुद्धारा बिरामीहरुलाई जानकारी दिईएको थियो ।
यस्ता शिविर समय समयमा हुनेगरेमा मुख स्वास्थ्य र दन्त रोगका बारेमा जनचेतनाजगाउन कठिनाईनहुने शिबिरमा उपस्थित बिरामी हरुको धारणा रहेको थियो ।


ओम समाज डेन्टल हस्पिटलले सबैमा मुखको स्वास्थका बारेमा जानकारी होस् भन्ने उदेश्यका साथ् निस्सुल्क शिबिरहरु आयोजना गर्दै आईरहेको र शिबिर मा उपस्थित बिरामी हरुलाई ओम समाज डेन्टल हस्पिटल का तर्फ वाट आजिबन सदस्य कार्ड वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *