OM Samaj Dental Hospital

आज दुनियाँ कोरोना भाइरसको विरुद्धमा लडिरहेको छ । एसियाली मुलुक चीनको वुहानबाट सुरु भएको यस भाइरसले अहिले मूलत अमेरिका, ययूरोप लगाएत थुप्रै राष्ट्रहरुमा यसले प्रभाब पारिरहेको छ । बिस्तारै भारत हुँदै नेपालमा पनि संक्रमितको संख्या दिन प्रति दिन बढ्दो छ ।
नेपालमा अलग्गै पहिचान बनाउन सफल ओम समाज डेन्टल हस्पिटलले लामो समयदेखि सामाजिक सेवामा समर्पित भएर गरेको कार्य यहाँहरु माझ सर्वविदितै छ । “जसको दाँत सबल उसको जीवन सफल” भन्ने मूल नारा लिएर बिभिन्न अभियानका साथ जनचेतना फैल्याउने कार्यमा हामी निरन्तर लागिराखेका छौ ।

यस्तो विषम परिस्थितिमा पनि नेपालमा अझै पनि कोरोना भाइरसको माहामारी रहिरहँदा ओम समाज डेन्टल हस्पिटलले आफ्नो सामाजिक कर्तब्यलाई मध्यनजर गर्दै लायन्स क्लब अफ काठमाडौँ ओखलढुंगा तथा प्रोगेसिभ इन्ग्लिश सेकेण्डरी स्कुल र ओम समाज डेन्टल हस्पिटल को सहकार्यमा एक दिने नि:सुल्क  दन्त शिविर सम्पन्न गरेको छ। उक्त शिविरमा १५०  जनाको नि:सुल्क  दन्त्य उपचार गरिएको थियो।
उक्त कार्यक्रममा ओम समाज डेन्टल हस्पिटलका बरिस्ठ दन्त्य चिकित्सक डा। सुबाष घिमिरे लगाएत डा।सुमित शिंग, हाइजेनिस्ट मनिसा बस्नेत, सावित्रा निरौला तथा सागर काफ्लेको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *