असोज १४ , काठमान्डू ओम समाज डेन्टल हस्पिटल ,चाबहिल मा बिहिबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल र स्मार्ट मल्टीप्रपोज कम्पनि प्रा।ली का बीच दन्त रोगको उपचारमा छुट सम्वन्धी सम्झौता भएको छ ।
सम्झौतामा स्मार्ट मल्टीप्रपोज कम्पनि प्रा।ली का प्रबन्ध निर्देशक सबिन गोदार र ओम समाज डेन्टल हस्पिटलका उपाध्यक्ष रामेश्वर जंग के।सी ले हस्ताक्षर गर्नु भएको छ । उक्त सम्झौता बमोजिम स्मार्ट मल्टीप्रपोज कम्पनि प्रा।ली का कर्मचारी तथा ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा दन्त रोगको उपचारमा विशेष छुटको व्यबस्था गरिएको छ ।
यसैबीच सामाजीक कार्यमा सदैब तत्पर ओम समाज डेन्टल हस्पिटलले बनेपामा सम्पन्न हुन् गईरहेको एक सामाजिक कार्यको लागि सेनिटाइजर,मास्क,लगाएतका स्वास्थ्य सामाग्री सहित आर्थिक अबस्था कमजोर भएकी धन कुमारी थापा लाई २ महिना लाइ पुग्ने सुगर तथा प्रेसरको औसधि हस्पिटलमा आयोजित अर्को एक कार्यक्रममा ओम समाज डेन्टल हस्पिटलका प्रमुख अजय रेग्मीले अर्जुन थापा मार्फत हस्तान्तरण गर्नु भएको छ ।