OM Samaj Dental Hospital

काठमाडौं- ओम समाज डेण्टल हस्पिटलका अध्यक्ष एवं वरिष्ठ दन्त चिकित्सक डा। सुवास घिमिरे तथा डा।प्रकास बुढाथोकीलाई प्रबल जनसेवाश्री प्रदान गर्ने घोषणा भएको छ ।

कोभिड–१९ को पहिलो र दोस्रो समयमा कोभिड बिरामीको लागि डा। घिमिरेले आफुले देश र राष्ट्रको लागि केही गर्नुपर्छ, अहिले नगरे कहिले गर्ने भन्दै घरघरमा पुगेर निःशुल्क उपचारदेखि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नु भएको थियो । डा। घिमिरे बरिस्ठ चिकित्सक संगसंगै सामाजिक अभियन्ताका रुपमा परिचित उहा ओम समाज डेन्टल हस्पिटलको अधक्ष्य समेत हुनुहुन्छ ।

त्यसैगरी डा। प्रकाश बुढाथोकी बरिस्ठ दन्त्य चिकित्सक, आँखा, नाक, कान घाँटी तथा मुख स्वास्थ्य उपचारात्मक महाशाखा स्वास्थ्य सेवा विभाग प्रमुख तथा नेपाल चिकित्सक संघका कोषाध्यक्ष समेत रहनु भएका डा। बुढाथोकी ओम समाज डेन्टल हस्पिटलमा कन्सल्टेन्ट चिकित्सकको रुपमा कार्य गर्दै आइरहनुभएको छ ।