OM Samaj Dental Hospital

Categories
news

तीज को अवसरमा पशुपति मन्दिर परिसरमा ५०० जना भन्दा बढी भक्तजन हरु को दन्त परीक्षण

ओम समाज डेन्टल हस्पिटल र नब अमर कान्त युवा समूह को सहकार्यमा हरितालिका तीज को अवसरमा एकदिने निशुल्कदन्त शिविर अत्याधुनिक सुबिधा सम्पन एम्बुलेन्स को प्रयोग गरि पबित्र धार्मिक स्थल पशुपति मन्दिर परिसर काठमाडौं मा सम्पन्न भएको छ । दन्त शिविर बिहान आठ बजे देखि सुरु भई दिउसो ३ बजे सम्म संचालन गरिएको थियो । यस अस्पतालको मुख्य उदेस्य दन्त स्वास्थ सम्बधि जनचेतना फैलाउने सबै को पहुँच मा उपचार पुराई कोहि व्यक्तिलाई दन्त उपचारबाट बन्चित हुन् नपरोस सबै माझ सुलभ होस् तेसै उदेस्यका साथ् निशुल्कदन्त शिविर आयोजना गरिएको थियो । उक्त शिविर मा ओम समाज डेन्टल हस्पिटल का बरिस्ठ डा.विजय गामी, सागर काफ्ले,सावित्रा निरैला लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो भने नब अमर कान्त युवा समूह का बिसिस्ट व्यक्तित्यो हरुको पनि उपस्थिति रहेको थियो । ओम समाज डेन्टल हस्पिटल चावहिल र नब अमर कान्त युवा समूह को सहकार्यमा हरेक वर्ष हरितालिका तीज,महाशिबरात्री जस्ता बिशेष महत्वपूर्ण चाडबाड हरुमा पबित्र धार्मिक स्थल पशुपति मन्दिर परिसर मा निशुल्कदन्त शिविर र अन्य जनचेतना मुलक कार्यक्रमहरु हुदै आइरहेको छ ।

निशुल्क दन्त शिविरमा ५०० जना भन्दा बढी भक्तजन हरु ले दन्त परीक्षण गराएका थिए । ओम समाज डेन्टल हस्पिटलले सिबिरमा अत्याधुनिक सुबिधा सम्पन एम्बुलेन्स को प्रयोग गरि भक्तजन हरुको दाँत जाच गरिरहदा बिरामी हरुले हस्पिटलमा नै गएर दाँत जाच गराए को अनुभूति भयो भन्ने बिचार ब्यक्त गरेका थए । भने अन्य भक्तजन हरुलाई तीज विशेष सांस्कृतिक कार्यक्रम नाच, गान जस्ता अन्य रमाइला कार्य हरु मा ब्यस्त देख्न सकिथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *