क्यान्सर भन्नाले शरीरको कुनै पनि अंगमा कोषिकाहरुको असमान्य , अनिश्चित र असीमित रुपले बृद्धि हुनु भन्ने बुझिन्छ । शरीरको कुनै पनि भाग वा अंगमा हुन सक्छ ।मुख भित्र हुने यस्तो अवस्थालाई मुखको क्यान्सर भनिन्छ । क्यान्सर कुनै पनि उमेरका व्यक्तिहरुमा हुन सक्ने भएता पनि यसको जोखिम बढ्दो उमेर संगै बढ्दै जाने हुन्छ ।
क्यान्सर सरुवा रोग होइन तर सुरुको अवस्थामा उपचार गराउन सके यो रोग निको हुन्छ ।
मुखको क्यान्सर हुने जोखिम तत्वहरु
-सुर्तिजन्य पदार्थको सेवन गर्नु
-मादक पदार्थको अत्याधिक सेवन गर्नु
-वंशाणुगत
-सुर्यको बिकिरणहरु लगातार ओठ , मुखमा परिरहनु
-मुख भित्र लगाइने नक्कली दाँत तिखा ,धारिला , फुटेका र लगातार घाउ बनाई राख्ने भएमा
-ह्युमन प्यापिलोमा भाईरस को संक्रमणले
मुखको क्यान्सरका लक्ष्णहरु यस्ता रहेकाछन्
-मुखमा सेतो वा रातो दाग वा घाउ देखिनु
-जिब्रो, गिजा, ओठ , गालाको भित्री भागमा घाउ , गिर्खा देखीनु
-सामान्य घाउबाट सुरुभई सामान्य उपचारहरुबाट निको नहुनु
-लामो समय सम्म घाउ निको नहुनु र बिस्तारै फैलदै जानु
-घाँटीमा अप्ठयारो हुनु, दुख्नु, खाना निल्न गाह्रो हुनु , साँस गन्हाउनु
-खाना चपाउन गाह्रो हुनु, बोल्न, मुखको चिउँडो हड्डी हल्लाउन गाह्रो हुनु
-मुख भित्रका नसाहरुमा समस्या भई, मुखको भाग लाटो हुनु
मुखको क्यान्सरबाट बच्ने उपायहरु
-सुर्तिजन्य पदार्थको सेवन नगर्ने
-मादक पदार्थको सेवन नगर्ने
-स्वस्थ र पोसिलो खाना खाने फलफुल र हरियो सागसब्जी प्रशस्त मात्रामा खाने
-आफ्नो मुख र कृत्रिम दाँतहरु सफा राख्ने
-Human papilloma virus (HPV) को खोप लगाउने
-नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने
दाँत तथा मुखको कुनै पनि रोग छ कि छैन भनेर सुरुवात अवस्थामै थाहा पाउन सके यसको महङ्गो उपचार खर्चबाट बच्न सकिन्छ । प्रत्येक ६र६ महिनामा कम्तिमा १ पटक आफ्नो दाँत तथा मुखको दन्त रोग बिषेशज्ञ डाक्टरबाट परीक्षण गराउँ र आफ्नो साना साना बाबुनानीलाई पनि उनीहरुको पहिलो जन्मदिन वा १ बर्ष हुँदा देखिन नै दाँत तथा मुखको स्वास्थ्य परीक्षण गर्ने गराउँ ।
दाँत तथा मुखको उपचार आफैमा महङ्गो होइन तर हाम्रो आफ्नै हेलचकराई र लापरबाहीले गर्दा समयमै उपचार नगर्दा महङ्गो खर्च बेहोर्नु पर्ने हुन्छ ।
तपाई को पनि मुखमा सेतो वा रातो दाग वा घाउ, जिब्रो, गिजा, ओठ , गालाको भित्री भागमा घाउ , गिर्खा छ भने ओम समाज डेन्टल हस्पिटल ले मुख स्वास्थ मा जनचेतना फैलाउने उदेश्यले तेस्तो बिरामी (oral cancer screening) को निसुल्क परीक्षण गर्ने भयको छ ।