OM Samaj Dental Hospital

Categories
Uncategorized

के गुलियो खानेकुरा खायो भने मात्र दन्तसडन हुन्छ ?

मीठो भनेकै गुलियो हो भन्ने धेरै जनाको बुझाइ छ ।
हामीले खाएको खानेकुरा जुन दाँतमा अड्किन्छ, त्यसलाई किटाणुहरुले खाएपछि बनाएको अम्लले गर्दा बिस्तारै दाँतको कडा भाग सड्ने हुन्छ । खानेकुरामा पाइने कार्बोहाइड्रेट र किटाणुको अन्तरक्रियाले त्यो अम्ल उत्पादित हुन्छ । गुलियो खानेकुरामा कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ । तेसैले चकलेट र मिठाइजस्ता खानेकुराले दन्तसडनमा बढी भूमिका खेल्छ भनिएको हो तर अरु खानेकुराहरु जस्तै भात, रोटी, आलु वा अरु तरकारीमा पनि कार्बोहाइडेट पाइन्छ र यी खानेकुराले पनि दन्तसडन गराउन भूमिका खेल्छ । तेसैले खाना खाइसकेपछि दाँत माझ्नु अति जरुरी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *