श्राबन १७,चाबहिल , कोही विपतमा परेका छन्, संकटमा छन्, अभावमा छन्, दुःखमा छन्, समस्यामा छन् भने उनीहरुलाई सहयोग गर्नु मानविय व्यवहार हो । यस किसिमको व्यवहारले नै हाम्रो सामाजिक मूल्य कायम रहन्छ ।
कसैलाई निस्वार्थ भावले आर्थिक वा भौतिक सहयोग गर्नुलाई दान दिनु सहयोग गर्नु भनिन्छ । दान दिनु सहयोग गर्नुलाई मानव जातिमा सबैभन्दा ठूलो धर्म मानिन्छ । यसलाई पुनित कार्य पनि भनिन्छ । त्यसैले, दान गर्दा कुनै इच्छा राखेर दान गर्नु हुँदैन । किनकी शात्रस्त्रमा उल्लेख गरिए अनुसार त्यही दान ठूलो हो, जुन निश्चल मनले दिइन्छ ।
ओम समाज डेन्टल हस्पिटलका अधक्ष्य डा.सुभास घिमिरे दान दिनुपर्छ, सहयोग गर्नुपर्छ । मुठी खोलेर दिनुपर्छ । आफ्नो कमाई वा आम्दानीको केही अंश दुःखी गरिबलाई दिनुपर्छ भन्दै सहयोग गर्ने प्रवृत्तिको विकास गर्नु पर्छ भन्ने भावनाका साथ् आजभोली सहयोगी क्रियाकलापमा एकदमै सक्रिय हुनुहुन्छ ।
आफ्ना दिबाङ्गत आमा बुवा को समझनामा इन्द्र अन्नपूर्ण संस्था तथा ओम समाज डेन्टल हस्पिटल मार्फत डा.घिमिरेले दुधैली नगरपालिका वडा न १० बस्ने मोहन तामाङ जो शारीरिकरुपमा अपांग, आर्थिक अबस्था पनि अन्त्यत कमजोर रहेका तामाङ लाई ओम समाज डेन्टल हस्पिटलमा आयोजित एक बिषेस कार्यक्रममा डा.घिमिरेले एक थान अत्याधुनिक सुबिधासम्पन्न व्हील चिएर अर्जुन गुरुङ मार्फत हस्तान्तरण गरेका छन् I
पहिले चरणमा कोभिड १९ को समयमा नि:शुल्क दन्त्य उपचार घरघरमा दिएका घिमिरेले दोस्रो चरणमा नि:शुल्क एम्बुलेन्स सेबा दिदै बर्दिबास नगरपालिका-३ पाटुस्थित पुर्ख्यौली गाउँमा सरकारी जनरल अस्पताल निर्माणका लागि डा. सुवाश घिमिरेले एक करोड २५ लाख रुपैयाँ मूल्य पर्ने पाँच कठ्ठा जग्गा दान समेत गरेका छन् ।