Skip to main content

OM Samaj Dental Hospital

गोपीकृष्ण अवस्थित ओम समाज डेन्टल हस्पिटलको आफ्नो मूल नारा “जसको दाँत सबल उसको जिबन सफल” का साथ् चैत्र २७ गते आमा डोमा स्कुल,तारेकेश्वर नगर पालिका वडा न ८ मनमैजुमा ताराकेस्वर सेबा समाज तथा समुनत महिला मंच नेपाल केन्द्रिय कार्यालय काठमाडौँको सहयोगमा नि:शुल्क  दन्त्य शिबिर सम्पन्न गरेको छ ।

शिबिरमा ४०५ जना बिरामीले दन्त रोग विशषज्ञ डक्टरहरुको टिमबाट दाँत, मुख र गिजाको उपचार गरिएका थिए भने सबै बिरामीहरुलाई नि:सुल्क  ब्रस तथा मन्जन तथा आबस्यकता अनुसार औषधि पनि वितरण गरिएको र सीविरमा दन्त रोगका केही विरामीहरुलाई आवश्यकता अनुसार थप उपचारको लागि सल्लाहा सुझाव दिएको थियो ।

उक्त शिविरमा ओम समाज हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ  चिकित्सक डा.सुबास घिमिर लगाएत डा.युनिषा श्रेष्ठ,डा.रुपा श्रेष्ठ सहाएक सावित्रा  निरौलाको टिमले शिविरको व्यवस्थापन गरको थियो ।

   

चन्द्रागिरी नगरपालिका वडा न ६ चेकपोस्ट महादेबस्थानमा एक दिने नि:शुल्क दन्त्य स्वास्थ सिबिर सम्पन्न

तेसैगरि ओम समाज डेन्टल नैकाप शाखा द्वारा “जसको दाँत सबल उसको जिबन सफल” का साथ् चैत्र २८ गते चन्द्रागिरी नगरपालिका वडा न ६ चेकपोस्ट महादेबस्थान को वडा कार्यालय ६ मा वडा अध्यक्ष सन्जय सिग्देलको बिशेष सहयोगमा एक दिने नि:शुल्क दन्त्य स्वास्थ सिबिर सम्पन्न भएको छ ।
उक्त शिविरमा ओम समाज हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा.सुबास घिमिरे,लगाएत  डा.एम.डी.वालिद हाइजिनिस्ट करिस्मा भर्टाले  सहाएक सम्झना अधिकारि तथा अन्जना खड्का को टिमले शिविरको व्यवस्थापन गरको थियो ।

हस्पिटलले दुवै शिविरमा सम्पूर्ण आर्थिक, मानव संसाधन र मोवाइल एम्बुलेन्स भ्यानको व्यवस्थापन नि:शुल्क  गरेको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *