क्यापिङ सँगै ब्रिजिङ
यदि क्याप हाल्न खोजेको दाँत सँगैको ठाउँ खाली छ र त्यो भन्दा पर अर्को प्राकृतिक दाँत छ भने क्याप हाल्न खोजेको दाँत र खाली ठाउँ पछि को दाँत को सहारा लिएर खाली ठाउँ मा पनि मिल्ने गरी दाँत हाल्न सकिन्छ । यसलाई ब्रिजिङ ( Bridging ) अर्थात् पूल हालेको भनिन्छ । एसो गर्दा दुई तिर को दाँत को सहारा मा बीच को दाँत ले काम गर्छ । खाली ठाउँ भन्दा माथी दाँत छ भने यो प्रविधि अपनाएर खाली ठाउँ लाई भर्न सकिन्छ । तर यदि खाली ठाउँ को सोझै माथी को दाँत पनि झरिसकेको छ वा निकालिएको छ भने त्यो खाली ठाउँमा ब्रिजिङ गर्नुको खासै उपयोगिता हुँदैन ।
क्यापिङ गर्नुपर्ने अन्य अवस्था
कहिलेकाहीं कुनै दुर्घटना मा दाँत मा चोटपटक लागेर वा अन्य कारण ले दाँत को केही भाग वा पूरै भाँचिने अवस्था आउँछ । कहिले कुनै गिँजा सम्बन्धी रोग का कारण पनि दाँत झर्ने सम्भावना हुन्छ । कीरा ले खाएर दाँत को धेरै भाग क्षति हुने अवस्था पनि हुन्छ । यी सबै अवस्था मा दाँत मा क्यापिङ अथवा क्राउनिंग तथा ब्रिजिङ को सहारा लिएर दाँत लाई पुरानै रुप र अवस्था मा फर्काउन सकिन्छ ।
Capping अथवा Crowing कसरी गरिन्छ ?
RCT गरिसकेको दाँत वा टुक्रिएको दाँत लाई प्रथमतः बीच मा टुसो बाँकी राखेर खियाउने र सतह मिलाउने काम गरिन्छ । त्यही टुसो को सहारा मा नयाँ कृत्रिम दाँत राख्ने capping हो । कृत्रिम दाँत कति ठूलो र कस्तो बनाउनु पर्ने हो सो को मोटामोटी ज्ञान पाउनका लागि दाँत को तल्लो र माथिल्लो गरी दुवै भाग को थ्री डाइमेन्सनल छाप लिइन्छ । सोही का आधार मा जुन सामग्री को प्रयोग गरेर दाँत बनाउनु पर्ने हो सो बनाइन्छ । कृत्रिम दाँत को बीच मा खाली ठाउँ हुन्छ जहाँ त्यो टुसो ठ्याक्कै मिलोस् । दाँत को टुसो सँग त्यो कृत्रिम दाँत टाँसिने केमिकल को प्रयोग गरेर दाँत हालिन्छ ।
क्यापिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु
यदि दाँतमा रुट क्यानल गरिएको छ त्यही ठाउँ मा क्यापिङ गर्नु उचित हुन्छ । दाँत मा क्याप लगाउनका लागि विभिन्न किसिम का कृत्रिम दाँतहरु उपलब्ध हुन्छन् । जुन विभिन्न क्वालिटी उपलब्ध हुन्छ । आफ्नो आवश्यकता र मूल्य मा ध्यान दिनु सँगै डाक्टर को पनि सल्लाह लिएर दाँत को छनौट गर्नु राम्रो हुन्छ ।