काठमाडौं, 10 असोज । ओम समाज डेन्टल अस्पतालले महांकाल जन जागृती मा.बि गल्फुटारमा दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । दन्त स्वास्थ सम्बन्धी जनचेतना फैलाउने उदेश्यले आयोजना गरिएको शिविरमा विधार्थी,अभिभावक, शिक्षक लगायत दुईसय जनाभन्दा बढीको उपस्थिति थियो । उक्त शिबिरमा ओम समाज डेन्टल अस्पताल का दन्त्य चिकित्सक हरुको टीम सहित आत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्सको प्रयोग गरियको थियो जसमा डेन्टल चेयर, कम्प्रेसर लगायतका सामाग्रीहरु जडित छन् । शिविरमा दन्तरोगका बारेमा के कसरी बच्न सकिन्छ भन्नेबारे मा पनि डाक्टरहरुद्धारा बिरामीहरुलाई जानकारी दिईएको थियो । यस्ता शिविरसमय समयमा हुनेगरेमा मुख स्वास्थ्य र दन्त रोगका बारेमा जनचेतनाजगाउन कठिनाईनहुने विद्यालयका शिक्षक तथा अभिभावकको धारणारहेको थियो।