काठमान्डौँ चावहिल फाल्गुन १६ , गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले सबैको लागि दन्त्य उपचार सजिलो,सहज होस् भन्ने उदेश्यले “जस्को दाँत सबल उस्को जिबन सफल ” नारा का साथ् काठमाण्डौ चावहिल सरस्वतीनगर स्थित सरस्वती एकेडेमी इंगलिस स्कुलमा निशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।
हस्पिटलले सञ्चालन गरेको शिविरमा दुई सय जना विद्यार्थिहरुको दन्त रोग विशषज्ञ डक्टरहरुको टिमबाट दाँत, मुख र गिजाको उपचार गरिएको छ भने सबै विधार्थी हरुलाई नि:सुल्क ब्रस तथा मन्जन तथा आबस्यकता अनुसार औषधि पनि वितरण गरिएको र सीविरमा दन्त रोगका केही विरामीहरुलाई आवश्यकता अनुसार थप उपचारको लागि सल्लाहा सुझाव दिएको थियो ।
उक्त शिविरमा ओम समाज हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा। सुभाष घिमिरे लगायत डा।सिजन श्रेष्ठ असिस्टेन्ट, सावित्रा निरौला तथा सागर काफ्लेको टिमले शिविरको व्यवस्थापन गरको थियो । हस्पिटलले शिविरहरुमा सम्पूर्ण आर्थिक, मानव संसाधन र मोवाइल एम्बुलेन्स भ्यानको व्यवस्थापन निशुल्क गर्दै आईरहेको छ ।
शिविरबाट आफ्नो विधार्थी हरुमा दाँत मुखको स्वास्थ्य राम्रो हुने भन्दै स्कुलकि प्रिन्सिपल साधना दाहालले ओम समाज डेन्टल हस्पिटल प्रति आभार प्रकट ब्यक्त गर्नु भयो /
हस्पिटलले लगातार प्रतेक साता दुई भन्दा बढी निशुल्कदन्त शिविरहरु संचालन गर्दै आइरहेको र सबै शिविरमा बिरामीलाई आजिबन सदस्य कार्ड बितरण गर्दै आइरहेको हस्पिटल प्रशासनले जानकारी दिएको छ
।