उदयपुरको बेलका नगरपालिका का पाँच सय बढी स्थानीयवासीले निस्शुल्करूपमा दाँतको उपचार सेवा पाएका छन्।शनिबार बेलका नगरपालिकाको सभाहलमा आयोजितनिस्शुल्कदन्त शिविर कालागी काठमाडौँमा रहेको ओम समाज डेन्टल हस्पिटलबाट वरिष्ठ दन्तरोग विशेषज्ञ सुभास कुमार घिमिरे लगाएतकोचिकित्सकको टोलीअत्याधुनिकमेशिन सहितको एम्बुलेन्सको साथमाबेलकापुगेर बिरामिहरुको दाँत परिक्षण गरिएको थियो । उक्तशिविरमादाँतभर्ने, निकाल्ने, सफागर्ने र दन्त रोगकाबारेमाआवश्यक परामर्श पनिदिइएको थियो । बरिष्ठ दन्तरोग विशेषज्ञ सुभास कुमार घिमिरेका अनुसारसामान्य असावधानीका कारण दाँत किराले खाने र समस्यागम्भिर बन्दै जाने बारे उपचारका क्रममा बिरामिहरुलाई जानकारी गराउनुभएको थियो । बेलका विकास समाज बड्स कोआयोजनामासंचालितशिविरमानगरको ९वटैवडाकाबिरामीसहभागीरहेको थियो बेलकानगर प्रमुखदुर्गाकुमारथापा स्वस्तिक ले बेलै मा दाँत र खान पिन प्रती सावधानीअपनाउन पर्ने रमुखको सहि तरिकाले हेरचाहगर्नपर्ने बताउनुभएको थियो । उहाँले यस्ता स्वास्थ्य शिविरलाई म प्रोत्साहन गर्छु भन्दै आयोजकलाईधन्यवाददिनुभयो ।
शिविरमा बेलका विकास समाजका अध्यक्ष महेन्द्र थापाले शिविरबाट पाँचस यभन्दा बढी बिरामीले सेवालिएको मा खुशि व्यक्तगनुभयो ।शिविरमा उपस्थितबिरामिहरु लाई ओम समाज डेन्टल हस्पिटलको तर्फबाटनि शुल्क आजिवन सदस्य कार्ड वितरण गरिएको थियो।