OM Samaj Dental Hospital

Categories
news

ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरे सम्मानित

जोसेफ मध्यामिक बिधालय कपनमा हरेक वर्ष SEE मा उत्कृस्ट नतिजा ल्याउन सफल बिध्यार्थी तथा अभिभाबकहरुको सम्मानार्थ कार्यक्रम सम्पन्न भयो । कार्यक्रम को प्रमुख अतिथिमा सम्माननीय पूर्व प्रधानमन्त्री झलनाथ खनाल, अतिथिहरु बुढानिलकण्ठ नगरपालिका १० का वडा अध्यक्ष नबराज भट्टराई , एनजीओ फेड्रेसन संघका अध्यक्ष तिलरामज्यू , ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरे, सज्जन महिला सहकारीकी अध्यक्ष सिमा पुरी, अभिभावक तथा विद्यार्थी महानुभावहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता जोसेफ मध्यामिक बिधालयका समस्थापक प्रिन्सिपल सूर्यबहादुर अधिकारीले गर्नुभएको थियो । उक्त सम्मानार्थ कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरु तथा सामाजीक कार्य गरेवापत वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरे लाई पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्मानपत्र प्रदान गर्नुभयो ।


कार्यक्रम मा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरे ले SEE मा उत्कृस्ट नतिजा ल्याउन सफल बिध्यार्थी हरुलाई बधाई तथा सुभकामना दिदै सानो उमेर देखि नै मुख स्वास्थ मा सहज रहन र आफ्ना बुवा आमा हरु लाई पनि मुख स्वास्थ को बारेमा आफुले पाएको जानकारी दिन आग्रह गर्दै यस बिधालयबाट SEE मा उत्कृस्ट नतिजा ल्याउन सफल बिध्यार्थी हरु लाई शुभकामना तथा बिध्यार्थीहरुको ऊत्तर ऊत्तर प्रगति को कामना गर्दै दन्त्य उपचारमा ओम समाज हस्पिटलमा छुटको व्यवस्था रहेको जानकारी गराई जोसेफ मध्यामिक बिधालय परिवार प्रति खुसी ब्यक्त गर्नुभयो । कार्यक्रममा ईन्डियन कार्यक्रम सारेगमका उत्कृष्ट गाएक आयुष केसीको सुमधुर गीतको प्रस्तुती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *