OM Samaj Dental Hospital

Categories
Uncategorized

ओम समाज डेन्टल हस्पिटलको सहयोगमा प्रजनन स्वास्थ्य शिविर

बर्दिबास नगरपालिका वडा न १४ शिब मन्दिर प्राणनमा सञ्चालन गरिएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा झण्डै ८५९  जनाको स्वास्थ्य परीक्षण भएको छ।

शिविरमा  महोत्तरीको ग्रामीण भेगका धेरै महिला पाठेघारको समस्याबाट पीडित भएका पाइएको छ। उनीहरूको स्वास्थ्य परीक्षण गर्दा पाठेघरको समस्या अत्यासलाग्दो पाइएको हो।

लायन्स क्लब अफ बर्दिबास समाजले बर्दिबासमा आयोजना गरेको दुईदिने महिलाका लागि प्रजनन स्वास्थ्य शिविरबाट यो पुष्टि भएको हो। समाजले  लायन्स क्लब अफ काठमाडौ ईन्द्र अन्नपूर्ण योगा एबम ओम समाज डेन्टल हस्पिटलको सहयोग तथा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा चैत्र ४ गते आइतबार र ५ गते सोमबार सञ्चालन गरेको शिविरमा परीक्षण गरिएका आठ सय ५९ मध्ये दुई सय दुईजनाको पाठेघरमा गम्भीर समस्या पाइएको छ।

शिविरमा परीक्षण गरिएकामध्ये ३३ जनामा क्यान्सर र ४२ जनामा आङ खस्ने समस्या देखिएको थियो ।

शिविरमा तीन सय ५० जनाको दोस्रो चरणको सूक्ष्म जाँच गरिएको जनाइएको छ। क्यान्सरको सङ्क्रमण भएमध्ये १९ जना २२ देखि ४० वर्ष उमेरसमूहका छन्। शिविरमा आङ खस्ने समस्याको प्रथम र दोस्रो चरणका १६ जनालाई ‘रिङ’ लगाइएको समाजका अध्यक्ष उमेश महतोले बताए।

क्यान्सर लागेकामध्ये आठ जना, आङ खस्ने समस्याको तेस्रो चरणका २६ जनालाई शल्यक्रिया गरिनुपर्ने चिकित्सकले सुझाएका छन्। यिनीहरूको शल्यक्रिया काठमाडौँका अस्पतालमा निःशुल्क गराइने शिविरको प्राविधिक सहयोगी संस्था सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरले जनाएको छ।

शिविरमा क्यान्सर सङ्क्रमण पुष्टि भएका ३३ मध्ये २५ लाई यहीँ नै प्रारम्भिक उपचार थालिएको छ। प्रारम्भिक चरणको सङ्क्रमण पाइएकाहरूको औषधीय उपचार गरिएको र यिनीहरूले पाँचौँ महिनामा पुनः परीक्षण गर्नुपर्ने छ।

बर्दिबास नगरपालिका  उपमेयरको प्रमुख अथित्यमा सम्पन्न भएको कार्यक्रममा बिसिस्ट अतिथि बरिस्ठ दन्त चिकित्सक तथा ओम समाज डेन्टल हस्पिटलका अधक्ष्य डा सुभाष घिमिरे,लाएन्स क्लब अफ बर्दिबास का अध्यक्ष  उमेश कुमार महतो लगाएत अतिथि मा वार्ड अध्यक्ष ,इलाका प्रहरी प्रमुख बिजय यादव ,बर्दिबास उध्योग  वाणिज्य सङ को अध्यक्ष को समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *