OM Samaj Dental Hospital

Categories
Uncategorized

ओम समाज डेन्टल हस्पिटलद्वारा राष्ट्रिय समाचार समितिमा निःशुल्क दन्त शिविर सम्पन्न

काठमाडौँ, फागुन ६ – सिंहदरबारस्थित राष्ट्रिय समाचार समितिको परिसरमा ओम समाज डेन्टल हस्पिटलले निःशुल्क दन्त शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त शिविरमा एक सय पचास जनाले सेवा लिएका छन्। जसमध्ये ३० जनाले दाँत निकाल्ने, ५० जनाको स्केलिङ तथा ७० जनाले सामान्य जाँच गराएका थिए।

शिविरमा अनुभवी दन्त चिकित्सकहरूको टोलीले दन्त जाँच, परामर्श र आवश्यक उपचार गरेका थिए। यस शिविरको मुख्य उद्देश्य दन्त स्वास्थ्यप्रति जनचेतना बढाउनु, दन्त रोगको समयमा नै पहिचान र उपचारमा सहयोग गर्नु रहेको थियो।

कार्यक्रममा उपस्थित ओम समाज डेन्टल हस्पिटलका प्रमुख डाक्टरले नियमित दन्त परीक्षणको महत्त्वबारे प्रकाश पारे। उनले दाँतको समस्या समयमै पत्ता लगाउन र स्वास्थ्य जीवनशैली अपनाउन यस्ता शिविरहरूको भूमिका महत्वपूर्ण हुने बताए।

ओम समाज डेन्टल हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगतदेखि नै सबैको पहुँचमा दन्त स्वास्थ्यको सेवा पुर्‍याउने उद्देश्यले निःशुल्क शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। भविष्यमा पनि यस्ता शिविरहरू आयोजना गर्दै जाने प्रतिबद्धता हस्पिटलले जनाएको छ।

दन्त स्वास्थ्यप्रति सचेत रहौँ, नियमित जाँच गरौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *