OM Samaj Dental Hospital

Categories
news

ओम समाज डेन्टल हस्पिटलले विराज समाजका सदस्यहरुको निशुल्क दन्त परीक्षण

ओम समाज डेन्टल हस्पिटलले विराज समाजका सदस्यहरुको निशुल्क दन्त परीक्षण गर्ने भएको छ । ओम समाज डेन्टल हस्पिटल चावबहिल, काठमाण्डौमा आइतबार सम्पन्न भएको बैठकमा ओम समाज हस्पिटल र विराज समाज बीच दन्त रोगको उपचार गर्नका लागि सहकार्य गर्ने निर्णय भएको हो ।
ओम समाज हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरेको अध्यक्षता भएको बैठकले विराज समाजका सदस्यहरुलाई निशुल्क दन्त परीक्षण तथा उपचारमा २० देखी २५ प्रतिशत सम्म छुट दिने निर्णय गरेको छ । विराज समाजले आयोजन गर्ने सामाजिक कार्यक्रमहरुमा ओम समाज डेन्टल हस्पिटलले निशुल्क दन्त शिविर समेत आयोजन गर्ने डा.घिमिरेले जानकारी दिनु भयो ।
बैठकमा बिराज समाजका अध्यक्ष रामप्रसाद दाहालले ओम समाज डेन्टल हस्पिटलसँग सहकार्य गर्नु पाउँदा खुसी प्रकट गर्दै डा. घिमिरे मार्फत ओम समाज डेन्टल हस्पिटल परिवारलाई हार्दिक आभार प्रकर्ट गर्नु भयो । अध्यक्ष दाहालले आगामी दिन ओम समाज डेन्टल हस्पिटल जस्तो गरिमामय संस्थासँग सहकार्य गर्ने अवसरबाट विराज समाजका सदस्यहरुको दन्त रोगको उपचारमा सहज हुने विचार समेत राख्नु भयो ।

बैठकमा विराज बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष दिनेशकुमार मगर, ओम समाज डेन्टल हस्पिटलका प्रशासन प्रमुख अजय रेग्मी , विराज समाज सल्लाकाहरु प्रा. मुकुन्दराज दाहाल, विनोद दाहाल, सचिव राजेन्द्र दाहाल, कोषाध्यक्ष नरबहादुर कटलवाल, कार्य समिति सदस्य लेखनाथ दाहाल, भक्तबहादुर मगर, विवेक दाहाल र तिलक बहादुर कार्की लगायतका महानुभावहरु उपस्थिति रहेको थियो । आइतबार नै विराज समाजका पदाधिकारी तथा सदस्यहरुले निशुल्क दन्त परीक्षण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *