कुमारी बैंक लिमिटेड को प्रधान कार्यालय टंगाल , काठमाण्डौमा बुधबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल र कुमारी बैंक लिमिटेड बीच दन्त रोगको उपचार, जनचेतना गर्नका लागि सहकार्य भएको छ । दन्त उपचार सबै को माझ सुलभ होस् भनि हाल सामाजिक संघ,संस्था,बैंक हरु संग सहकार्य गरि दन्त उपचार लाई सबै माझ सुलब बनाउदै आई रहेको छ यसै अन्तर्गत ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा। सुभाष घिमिरे तथा कुमारी बैंक लिमिटेड का DCEO राजिब गिरी ले सहमति पत्र मा हस्ताक्षर गर्नु भयको थियो । उक्त सहमतिपत्र मा कुमारी बैंक लिमिटेडमा कार्यरत कर्मचारी तथा बैंक का सेवाग्राही लाई दन्त रोगको उपचार मा छुट को ब्यबस्था गरियको छ ।यसै कार्यक्रममा वरिष्ठ दन्तरोग विशेषज्ञ डा। सुभाष घिमिरे ले कुमारी बैंक लिमिटेड चाबहिल शाखा प्रबन्धक् स्मृति जोशी थापा लाई माया को चिनो प्रदान गर्दै अब सामाजिक कार्यहरु मा हातेमालो गरि अघि बढ्ने कुरा मा जोड दिईयको थियो
। उक्त कार्यक्रममा कुमारी बैंक लिमिटेड का DCEO राजिब गिरी ले ओम समाज डेन्टल हस्पिटलसँग सहकार्य गर्नु पाउँदा खुसी प्रकट गर्दै हस्पिटल परिवारलाई हार्दिक आभार प्रकट गर्नुभयो ।
बैठकमा कुमारी बैंक लिमिटेड का राम चन्द्र खनाल लगायतका महानुभावहरुको तथा ओम समाज डेन्टल हस्पिटलका तर्फ बाट सागर काफ्ले को उपस्थिति रहेको थियो ।
अस्पतालले आफ्नो सामाजिक उत्तरदाइत्व अन्तर्गत निसुल्क दन्त सिबिर तथा दन्त स्वास्थ मुलक कार्यक्रम गर्दै आइरहेका छ र उपत्यका भित्र बाहिर गरि बार्षिक ९००-१००० स्थान मा निस्सुल्क दन्त सिबिर तथा दन्त स्वास्थ मुलक कार्यक्रम हरु गर्दै आईरहेको छ