OM Samaj Dental Hospital

माछापुच्छ्रे बैंक लिमिटेड को प्रधान कार्यालय लाजिम्पाट, काठमाण्डौमा बुधबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल र माछापुच्छ्रे बैंक लिमिटेड बीच दन्त रोगको उपचार, जनचेतना गर्नका लागि सहकार्य गर्ने निर्णय भएको छ ।ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरे तथा माछापुच्छ्रे बैंक लिमिटेडका CEO सुमन शर्मा ले सहमति पत्र मा हस्ताक्षर गर्नु भयको थियो । उक्त सहमतिपत्र मा माछापुच्छ्रे बैंक लिमिटेडमा कार्यरत कर्मचारी तथा बैंक का सेवाग्राही लाई दन्त रोगको उपचार मा छुट को ब्यबस्था गरियको छ ।यसै कार्यक्रममा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरे ले माछापुच्छ्रे बैंक लिमिटेड का CEO सुमन शर्मा,नायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा शाखा प्रबन्धक् यादब आचार्य लाई माया को चिनो दिदै दन्त स्वास्थ हाम्रो लागी अभिन्न अंग हो यसमा हेलचेक्र्याइँ गर्नाले ठुलो रोग को सामना गर्नुपर्छ भन्नु भयो ।उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेड का CEO सुमन शर्मा ले ओम समाज डेन्टल हस्पिटलसँग सहकार्य गर्नु पाउँदा खुसी प्रकट गर्दै हस्पिटल परिवारलाई हार्दिक आभार प्रकट गर्नुभयो ।


बैठकमा माछापुच्छ्रे बैंक लिमिटेड का प्रतिमा पाण्डे लगायतका महानुभावहरुको तथा ओम समाज डेन्टल हस्पिटलका तर्फ बाट प्रशासन प्रमुख अजय रेग्मी को उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *