OM Samaj Dental Hospital

Categories
news

खुर्कोटबासी माझ ओम समाज डेन्टल हस्पिटल

बिगत लामो समय देखी संचालीत यस ओम समाज डेन्टल अस्पताल ले दन्त स्वास्थमा जनचेतना फैलाउने उदेश्यले बिभिन्न किसीम का सामाजिक कार्यहरु गर्दै आइरहेको छ । यस् अन्तर्गत सुनकोशी सामुदायिक अस्पताल खुर्कोट संग दन्त स्वास्थमा जनचेतना फैलाउने उदेश्यका साथ अब आउने दिनहरु मा दुवै अस्पताल ले एक अर्कोलाई सहयोगको भाब राखी सहकार्य गर्ने समझदारी भयको छ । उक्त कार्यक्रम मा ओम समाज डेन्टल हस्पिटलका तर्फ बाट अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा। सुभाष घिमिरे, सुनकोशी सामुदायिक अस्पताल खुर्कोट का संरक्षक चक्र बहादुर श्रेष्ठ, संचालक डा। बिस्वनाथ कोइराला को पनि उपस्तिथि रहेको थियो । ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा। सुभाष घिमिरे ले खुर्कोटबासी हरु ले दन्त स्वास्थ मा सहज उपचार पाउने धारणा बक्त गर्नुभयो । यसै अवसर मा दाँतको उपचार मा प्रयोग हुने बहुमुल्य सामाग्री हरु वरिष्ठ दन्तरोग विशेषज्ञ डा। सुभाष घिमिरे ले सुनकोशी सामुदायिक अस्पताल खुर्कोट का संरक्षक चक्र बहादुर श्रेष्ठ लाई हस्तान्तरण गर्नु भएको थीयो । संरक्षक चक्र बहादुर श्रेष्ठ ले ओम समाज डेन्टल हस्पिटलसँग सहकार्य गर्नु पाउँदा खुसी प्रकट गर्दै डा। घिमिरे मार्फत ओम समाज डेन्टल हस्पिटल परिवारलाई हार्दिक आभार प्रकट गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *