OM Samaj Dental Hospital

Categories
news

गरौँ योग भगाऔँ रोग

ईन्द्र अन्नापुर्ण योग केन्द्र नयाँ नैकाप काठमाडौंको वार्षिक उत्सव कार्यक्रम २०७६ साल जेष्ठ ३२ गत्ते सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधान मन्त्री तथा बरिष्ठ राजनितिज्ञ अमित शेरचनले योग विद्यालाई परम्पराबाट विकास गरि विज्ञान सम्मत ढंगले अगाडि बढाएर मानव जातिले नयाँ जीवन प्राप्त गर्न सकिने बतााउनु भयो । योग केन्द्रका अध्यक्ष डा.सुभाष घिमिरेको सभापतित्वमा सचिव दिपका महर्जनद्धारा सञ्चालित सभामा राष्टिय सभा सांसद रामनारायण बिडारी , नगरपालिका मेयर घनश्यामा गिरी तथा पू.म. विक्रम बहादुर थापा विशेष अतिथि लगाएतले आआफ्नो क्षेत्रबाट उक्त योग केन्द्रलाई महत्वपूर्ण योगदान प्रदान गर्ने बचन बद्धता जाएर गर्नुभयो ।

उक्त कार्यक्रममा पतञ्जली योग केन्द्रका दे. सदस्य दुर्गापन्त लगाएतका योेग साधकहरुले अन्तयन्त आकर्षक शारिरिक योग प्रदशन गर्नुभएको थियो । उक्त कार्यक्रममा जेष्ठ साधकहरु दिलमाया महर्जन रणेन्द्र बरालीलाई योग केन्द्रमा नियमित सहभागी भई प्रभावकारी योग साधना गर्नुभएकोमा अभिनन्दन गर्नुभएको थियो ।

चन्द्रागिरी नगरपालिका वडा अध्यक्ष रामहरी बस्नेतले यो प्रबित्र उदेश्यका साथ गरिएको मानसिक शारिरिक स्वास्थ्यको हितलाई ध्यानमा राखी संचालन भएको योग केन्द्रलाई भवन निर्माण गरेर योग थेरापी उपचार केन्द्र स्थापना गर्ने बारेमा डिपिआर सहितको प्रस्तावना पेश गर्दै काम पूर्ण गर्ने वचन बद्धता व्यक्त गर्नुभयो । केन्द्रका उपाध्यक्ष मंगल श्रेष्ठको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा विभिन्न योग केन्द्रका योग गुरुहरुको उपस्थिति रहेको थियो ।

 

सभाका अध्यक्ष डा । सुभाष घिमिरेबाट कार्यक्रमको अन्तमा योगको महत्त्व र इन्द्र अन्नपूर्ण योग केन्द्रको विशेषता बारे स्पष्ट पार्दै यस योगकेद्र विगतका क्लासिकल रूपको मात्र नभै आधुनिक र बैज्ञानिक संलेसनकासाथ निर्धारण गरिएको प्रारूप हो भन्दै रक्तचाप लगायतका विभिन्न कारणबाट हुने अकस्मातिक मृत्युबाट वच्न सकिने उपायबारे जानकारी समेत गर्नु भएका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *