OM Samaj Dental Hospital

Categories
news

निशुल्क प्राथमिक उपचार तालिममा ५ सय ३७ जना सहभागी

२४ साउन २०७६, काठमाडौ
राष्ट्रको लागि योगदानु भन्ने मुल नारा लिएर युएईका सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीको प्रत्यक्ष प्रशिक्षणमा डिस्कभरी रोयल स्पोट्र्स प्रा लि, ओम समाज डेन्टल हस्पिटल तथा विराज समाजको संयुक्त आयोजना निशुल्क प्राथमिक उपचार तालिम भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रमको सफलताको लागि नेपाली चलचित्र क्षेत्रका स्थापित कलाकारहरु निखिल उप्रेती, रमेश उप्रेती, निर्मल शर्मा विशेष अतिथिका रूपमा उपस्थित भएका थिए ।


यो तालिम मानव जीवनका लागि अति नै उपयोगी भएकोले पहिलेको भन्दा धेरै सहभागी गराउने उदेश्यका साथ पुनस् दोस्रो पटक निशुल्क प्राथामिक उपचार तालिमको आयोजना गरिएको ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा।सुभाष घिमिरेले बताए ।
पहिलेको भन्दा उल्लेख सहभागिता रहेको र तालिम मानवीय जीवनमा अति उपयोगी भएका कारण सहभागीले प्रत्यक्षलाभ लिएको बिराज समाज काठमाडौंका अध्यक्ष रामप्रसाद दाहालले बताए ।

प्राकृतिक विपत्ति, आकस्मिक अवस्था, दुर्घटनामा हरेक मानिसलाई कसरी जोगाउने भन्ने आधुनिक विधि र पद्धतिबारे सामाजिक अभियन्ता ओमप्रसाद उप्रेती र मुख स्वास्थ का वारेमा ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा।सुभाष घिमिरेले प्रशिक्षण दिनुभएको थियो ।

तालिममा करिब ५ सय ३७ जनाले प्रशिक्षण लिएको प्रशिक्षण लिएको सम्पूर्ण प्रशिक्षार्थीलाई ओम समाज डेन्टल हस्पिटलले निशुल्क आजिवन सदस्यता कार्ड पनि वितरण गरिएको प्रशासन प्रमुख अजय रेग्मीले बताउनु भएको भयो ।

डिस्कभरी रोयल स्पोर्ट्स एलएलसीको तर्फबाट प्रवन्ध निर्देशक रहेका अभियन्ता उप्रेतीले १५ जना अभियान सहयोगीहरुलाई सम्मानपत्रका साथमा टोकन अफ लभ  प्रदान गरेका हुन । मायाको चिनो सहित सम्मानित हुनेहरुमा नायक निखिल उप्रेती, रमेश उप्रेती, कलाकार निर्मल शर्मा, झापाका लछुमन काफ्ले, सरस्वती बास्तोला, साथै ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा।सुभाष घिमिरे
, बिराज समाजका रामप्रसाद दाहाल, नायक नवीन खडका, गायक नन्दु राई, पत्रकार सीता डोटेल, शुभा बिमली लगायत रहेका थिय।

प्राकृतिक विपत्ति, आकस्मिक अवस्था, दुर्घटनामा हरेक मानिसलाई कसरी जोगाउने भन्ने आधुनिक विधि र पद्धतिबारे सिकाइने प्राथमिक उपचार तालिम नेपालका ७७ वटै जिल्लामा आयोजना गर्ने अभियन्ता उप्रेतीले अहिलेसम्म २६ जिल्लामा यो तालिम सम्पन्न गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *