OM Samaj Dental Hospital

Categories
news

बाङ्गो टिङ्गो दाँत आउन नदिन के गर्नु पर्छ ?

दाँतले खानेकुरा चपाउँछ, सबैलाई थाहा भएकै कुरा हो । दाँतको साइनो खानेकुरा चपाउनसँग मात्र छैन । यो शरीरको यस्तो अंग हो, जुन सौन्दर्यसँग पनि जोडिएको हुन्छ ।जुन कुरा गीत मा पनि ब्यक्त गरिएकोछ । मिलेका ति दाँतका पंक्ती सामान्यतया दाँतको राम्ररी सरसफाई तथा हेरचाह नगरेको अवस्थामा दाँतमा समस्या देखापर्छ । टम्म मिलेका सेता दाँत होस्, भन्ने चाहना सबैको हुन्छ ।

दाँत बाङ्गो टिङ्गो आउने भनेको जुन स्थान (गिजाको ठाउँ) बाट आउनु पर्ने हो ,त्यो ठाउँबाट नआई तलमाथि वा खप्टिएर आउनु हो ।
दाँत बाङ्गो टिङ्गो आउने कारण हरु निम्न प्रकारका छन्:
१।वंशाणुगत गुण ।

२।दुधे दाँत समय नपुगी फुकाल्ने वा समय कटे पछि फुकाल्ने ।

३।बच्चाको दाँत किराले खानु र ठुटा दाँत मुख मै हुनु ।

४।चोकपटक लाग्नु ।
५।गिजामा समस्या हुनु ।
यी कारणले गर्दा दाँत बाङ्गो टिङ्गो आउन सक्छ तेसैले हामि समय मा सतर्के हुन् आवस्यक छ । बाङ्गो टिङ्गो दाँत आउन नदिन के गर्नु पर्छ र कुन कुन कुरामा ध्यान दिदा दाँत राम्रो आउछ :

१।बच्चा उमेरदेखि नै दाँतको सुरक्षा गर्ने ।
२।दाँतलाई छिटो वा ढिलो नफुकाल्ने ।
३।बच्चाहरुमा औला चुस्ने बानी छ भने हटाउने ।
४।च्यापुका कारण दाँत नमिलेको छ भने चिकित्सकको सल्लाह बमोजिम च्यापु मिलाएर दाँत मिलाउन सकिन्छ ।
५।दाँतको बीचबीचमा खाली ठाउँ धेरै नै छ भने, बिहान बिहान बिस्तारै हातले च्यापेर मिलाउने ।
६।धेरै नै नमिलेको भए चिकित्सकको सल्लाह बमोजिम तार बाँधेर वा अन्य उपचार पद्धति अपनाई दाँत मिलाएर सुन्दर बनाउन सकिन्छ ।

यो जानकारी ओम समाज डेन्टल हस्पिटल बाट जनचेतना फैलाउने उदेस्य ले प्रकाशित गरियको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *