OM Samaj Dental Hospital

Categories
news

मुख गनाउँद छ, कतै क्यान्सर त छैन तपाईलाई ? जानौँ यसको कारण र समाधान,

मुख गनाउने समस्या व्यक्तिगत भएतापनि , समाजमा यसले त्यस व्यक्तिको व्यक्तित्वमा पनि नराम्रो प्रभाव पार्दछ । मुख गनाउने समस्या भएका मानिसहरु अलि कमजोर र मानसिक रुपमा डिपे्रसनमा हुन्छन् । त्यसैले योे समस्या सानो भएपनि यसले शरिरमा भएको रोग र मुख भित्र भएका रोग पत्ता लगाउन मद्त गर्दछ । आफ्नो स्वास आफैलाई नगनाउने भएकाले यस वारेमा थाहा पाउन
नियमित दन्तचिकित्सककोमा देखाउने गर्नुपर्दछ । मुख गनाउने समस्या लामो समय देखि छ तर याद गरौँ मुखमा अथवा अन्य
ठाउँमा क्यान्सर भएको पनि हुन सक्छ , त्यसैले यसको वारेमा बुझेर समयमै उपचार गरौँ ।
मुख गनाउने समस्या भनेको नराम्रो अथवा नमिठो गन्ध आउनु जसले मुख स्वास्थ र शरीर स्वास्थ राम्रो छैन भन्ने बुझाउँदछ ।
मुख गनाउने कारणहरु
१. खानेकुरा जस्तै प्याज, लहसुन, मुला , विभिन्न मसलाहरु ,
२. पानी कम पिउनाले , मुख सुख्खा हुनाले ,
३. जिब्रो सफा नगर्नाले ,
४. कफिको अत्याधिक प्रयोगले ,
५. सहि तरिकाले ब्रसिङ र फलसिङ नगर्नाले
६. लगाएको कृतिम दाँत राम्रो गरी सफा नगर्नाले
७.एउटै ब्रस धेरै समय सम्म प्रयोग गर्नाले
८. टनसिको ढुङगाले गर्दा ,
९. खाना , खाएपछि कुल्ला गर्ने बानी नभएर,
१०. चिनी भएको चुइगम खानाले वा चपाउनाले ,
११. गुलियोको मात्र अधिक प्रयोग गर्नाले ,
१२. गिजा सुन्नीएर , पाइरिया भएमा,
१३. पिनासको संक्रमन भएमा ,
१४. धुम्रपान तथा सुर्तीजन्य बस्तुको प्रयोगको कारण
१५. मध्यपानको अधिकतम प्रयोग गर्नाले
१६. दाँत किराले खाएर खाल्डो भएमा ,
१७. दाँत तथा मुखको उपचार गराँउदा राम्रो सँग मुख सफा नराख्दा,
सकिएन भने,
१८. घाउँ , खटिरा मुख भित्र भयो भने
१९. टन्सीलाईटीस भयो भने,
२०. सुतेको बेलामा घुर्ण ,मुख खुलेर सु्त्नु ,मुख बाट स्वास फेर्न बानी हुनु,
२१. एसिडिटी हुनु अथवा पेटको अम्ल मुखमा आउँनु ,
२२.स्वास नलीमा संक्रमण हुनु
२३. फोक्सोमा संक्रमण हुनु ,
२४. खाने नलीमा घाउँ हुनु
२५. पेटमा घाउँ हुनु ,
२६. चिनीको मात्रा अत्याधिक शरीरमा हुनु ,
२७, पेट फोक्सो खानेनली आदिमा क्यान्सर हुनु ,
२८. औषधिको प्रयोग जस्तै नाइट्रेटस् सिल्पीङ ट्याब्लेट, भिटामिन प्रयोग गर्नाले,
२९. जोग्रेन सिन्ड्रोम, भन्ने रोग लागेमा,
३०. कुनै पनि मुखको संक्रमन भयो भने ,
३१. कलेजोले काम गरेन भने ,
३२. मृगौला फेल भयो भने कुहिएको माछा जस्तै गन्ध आउँदछ ,
३३. शरीरमा चिनीको मात्र अत्याधिक कम भयो भने पनि मुख गनाउँद छ,
३४. रेडियोथेरामी, क्यान्सरको उपचार गराउँदा पनि मुख गनाँदछ,

उपचार विधीहरु
१. मुख गनाउने खानेकुरा सकेसम्म बाहिर हिड्दा नखाने
किनकि यो ब्रस र फ्लस गर्दा पनि जाँदैन ,
२. पानी प्रयाप्त मात्रामा पिउने जसले शरीरमा पानीको मात्रा
सन्तुलन गर्छ र मुख सुख्खा हुन दिदैन ,
३. टङ क्लीनरले जिब्रोलाई नियमिति सफा राख्ने ,
४. कफी र गुलियो खानेकुरा कम गर्ने ,
५. सहि तरिकाले ब्रसिङ र फ्लसिङ गर्ने ,
६. लगाएका कृतिम दाँतको उपचार गर्दा अझ, खाना अडकिने
राम्रो सफा नहुने लाई रा्रमो सफा गर्ने ,
७. ब्रसलाई तिन महिना भन्दा बढि प्रयोग नगर्ने ,
८. टन्सीलको ढुङघाको उपचार गर्ने ,
९ हरेक खाना खाएपछि सहि ढङगले मुख कुल्ला गर्ने,
१०. गुलियो अथवा चकलेट , चुइगम प्रयोगको कम गर्ने ,
११.गिजा सुन्नीनुलाई सहि उपचार गरेर ठिक पार्ने ,
१२. पिनास , टनसिलको उपचार गर्ने ,
१३. धुम्रपान अथवा सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने,
१४. दन्ते सडनको उपचार सहि ढङगले गर्ने ,
१५. घाउँ खटिरा र रातो, सेतो प्रकारका घाउँको उपचार सयमै गर्ने,
१६. मुखमा क्यान्सर छ भने यसको उपचार सहि समयमै गर्ने ,
१७. मुखमा अम्लको मात्रा आउन नदिने ,
१८. खानपान र सहि ढङगले पेटको उपचार गर्ने ,
१९. स्वास प्रस्वास नली र फोक्सोको समस्यालाई सहि समयमा
उपचार गर्ने ,
२०. डाइबेटिज नियन्त्रणमा राख्ने।
२१. नियमित रुपमा दन्तचिकित्सकलाई देखाउने, के कारणले मुख गन्धआउँछ त्यसको
कारण पत्त लगाई सहि समयमै उपचार गर्ने,
२२.नियमित रुपमा शारीरिक व्याम गर्ने , सागपात तथा रेसादार, प्रसस्त्र मात्रमा
खाने ।

ओम समाज डेण्टल हस्पिटल चावहिल, गोपीकृष्र्ण मार्ग, काठमान्डौँ,
लेखक डा. सुवास घिमिरे, डा. रुवी दास

Leave a Reply

Your email address will not be published. Required fields are marked *