यस अस्पताल बिगत लामो समयदेखि संचालनमा रहेको संस्था हो, जुन कुरा तपाई हामि माझ सर्बबिभितै छ । यस अस्पतालको मुख्य उदेस्य दन्त स्वास्थ सम्बधि जनचेतना फैलाउने सबै को पहुँच मा उपचार पुराई कोहि व्यक्तिलाई दन्त उपचारबाट बन्चित हुन् नपरोस सबै माझ सुलभ होस् तेसै उदेस्य का साथ् हाल सामजिक संघ,संस्था,बैंक हरु संग सहकार्य गरि दन्त उपचार लाई सुलब बनाउदै आई रहेको छ र आज एभरेस्ट बैंक को प्रधान कार्यालय लाजिम्पाट , काठमाण्डौमा बुधबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल र एभरेस्ट बैंक बीच दन्त रोगको उपचारमा छुट सम्वन्धी सम्झौता भएको छ । सम्झौतामा एभरेस्ट बैंक को तर्फ बाट केशवराज पौडेल र ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा.सुभाष घिमिरेले हस्ताक्षर गर्नु भएको छ । उक्त सम्झौता बमोजिम एभरेस्ट बैंक कर्मचारी, कार्ड वाहक तथा ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा दन्त रोगको उपचारमा विशेष छुटको व्यबस्था गरिएको छ । उक्त कार्यक्रम मा बैंक का तर्फ बाट पुष्प राज उप्रेती,प्रभात गुरागाई लगायतका र ओम समाज डेन्टल हस्पिटलका तर्फ बाट प्रसासन प्रमुख अजय रेग्मी को उपस्थिति रहेको थियो ।