ओम समाज डेन्टल हस्पिटल चावबहिल, काठमाण्डौमा आइतबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल र NDSA बीच राष्ट्रियस्तर मा दन्त शिबिर तथा मुख स्वास्थ सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरि राष्ट्रलाई स्वास्थ क्षेत्रमा योगदान दिने समझदारी ,सहकार्य गर्ने निर्णय भएको हो ।
बैठक ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा। सुभाष घिमिरेको अध्यक्षता भएको थीयो । नेपाल को स्वास्थ क्षेत्रमा अमुल्य परिवर्तनको आबस्यकतालाई आत्मसाथ गर्दै दुबै संस्था आपसी सल्लाह र सहकार्य गरि अगाडी बढ्ने र मुख स्वास्थमा हरेक नेपाली संग पहुच पुर्याउने प्रयास गरिने डा।घिमिरेले जानकारी दिनु भयो ।
बैठकमा NDSA का अध्यक्ष डा। दीपक ठाकुर,सचिब इर्फान रेजा, सुस्मा पौडेल सह —सचिब सन्तोष ढकाल र ओम समाज डेन्टल हस्पिटलका प्रशासन प्रमुख अजय रेग्मी को पनि उपस्थिति थीयो । अध्यक्ष डा। दीपक ठाकुर ले ओम समाज डेन्टल हस्पिटलसँग सहकार्य गर्नु पाउँदा खुसी प्रकट गर्दै डा। घिमिरे मार्फत ओम समाज डेन्टल हस्पिटल परिवारलाई हार्दिक आभार प्रकट गर्नु भयो ।