ॐ समाज डेन्टल हस्पिटलले एम्बुलेन्समै सेवा सञ्चालन गरेको छ । शिवरात्रीको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा ओम समाजले आयोजना गरेको निः शुल्क दन्त शिविरमा एम्बुलेन्समै श्रद्धालुहरुको उपचार गरिएको हो ।
दन्तरोग विषेशज्ञ सहितको टोली र आधुनिक सुविधा सम्पन्न एम्बुलेन्समा दन्त रोग सँग सम्बन्धित बिरामीको उपचार गरिएको हो । शिविरमा पशुपतिनाथको दर्शन गर्न आएका श्रद्धालुहरुमध्ये ५ सय जनाको डा.सुवास घिमिरे र उनका टोलीले सेवा प्रदान गरेका थिए ।