OM Samaj Dental Hospital

Categories
news

ॐ समाज डेन्टल हस्पिटल चावहिलको आयोजनामा निशुल्क प्राथमिक उपचार तालिम सम्पन्न ।

ॐ समाज डेन्टल हस्पिटल चावहिल र विराज समाजको सयुक्त आयोजनामा जेष्ठ २४ गते ॐ समाज डेन्टल हस्पिटल चावहिल , काठमाण्डौमा निशुल्क प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।
तालिमको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि विराज समाजका सल्लाहकार वरिष्ठ पत्रकार तथा मानव अधिकारकर्मी प्रा. पुरुषोत्तम दाहालले निशुल्क प्राथमिक तालिमको मानव जीवनमा महत्वपूर्ण रहेको चर्चा गर्दै ॐ समाज डेन्टल हस्पिटल, विराज समाज र तालिमका प्रमुख प्रशिक्षक ओम उप्प्रेतीलाई धन्याद प्रकट गर्नु भयो । नयाँ पुस्ताको सामाजिक जागरण र निशुल्क प्राथमिक उपचार तालिममा उल्लेखनीय सहभागीता रहेकोमा खुशी प्रकट गर्दै दाहालले मिडियाहरुले यस्ता सामाजिक जागरण तथा मानवीय सेवाका कार्यक्रमहरुलाई उचित स्थान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रमका सभापति ॐ समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्त सर्जन डा.सुभाष घिमिरले हस्पिटलले गरेका सामाजिक कार्यहरुको बारेमा जानकारी गर्दै निशुल्क प्राथमिक उपचार तालिमले धेरैको जीवनको रक्षा गर्न सकिने बताउनु भयो ।
वरिष्ठ कलाकार निर्मल शर्माले ओम उप्रेतीको निशुल्क प्राथमिक उपचार तालिम अभियालाई कलाकारहरुको साथ र सहयोग रहेको बताउनु भयो ।
कार्यक्रममा स्वागत मनतव्य राख्दै ॐ समाज डेन्टल हस्पिटलका उपाध्यक्ष रामेश्वर केसीले ॐ समाज डेन्टल हस्पिटलमा निशुल्क प्राथमिक उपचार तालिम संचालन गर्न पाउँदा सुशी र गौरव महसुस गरेको बताउनु भयो ।
ॐ समाज डेन्टल हस्पिटल गोपीकृष्ण चावहिलमा भएको निशुल्क प्रथमिक उपचार तलिममा विराज समाजका सल्लाहकारहरु प्रा.मुकुन्दराज दाहाल, केशव दाहाल, विनोद दाहाल,निर्वमान अध्यक्ष दिनेश कुमार मगर , विराज समाजका अध्यक्ष रामप्रसाद दाहाल, सचिव राजेन्द्रपुसाद दाहाल, कोषाध्यक्ष नरबहादुर कटवाल, निशुल्क प्राथमिक उपचारका अभियान्ता लक्ष्मण काफ्ले र सञ्जिव केसी लगायतको उपस्थिति रहेको थियो ।
ॐ समाज डेन्टल हस्पिटलको सभाहलमा आयोजना हुने निशुल्क प्राथमिक उपचार तालिममा देशकै प्रतिष्ठित कलाकार रमेश उप्रेती सहित विशिष्ठ कलाकारहरुको समेत उस्थििति रहेको थियो । निशुल्क प्राथमिक उपचार तालिममा दुई सय जना महानुभावहरुले तालिम लिएका थिए । तालिममा प्रयोग्यात्मक अभ्याश पनि गराईएको थियो । कार्यक्रमको सहजिकरण एशिला शर्माले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *