बिगत लामो समय देखि संचालित चाबहिल चोक बाट उत्तर पूर्व मा मुख्य अस्पताल र नैकाप मा शाखा रहेको ओम समाज डेन्टल अस्पताल आफ्नो सेवा, अत्याधुनिक उपचार बिधि , व्यवस्थापन, विश्वस्तरीय प्रविधि, विरामी मैत्री पूर्वाधार,आफ्नै हस्पिटल को भवन, प्रसस्त पार्किंग सुबिधा,दन्त स्वास्थ मुलक कार्यक्रमहरु तथा अन्तराष्ट्रिय मापदण्डको सही व्यवस्थापनले अस्पताल जनमानस को मन मस्तिस्क मा बस्न सफल भयको छ ।
दन्त स्वास्थ सम्बधि जनचेतना फैलाउने उदेस्य का साथ् गत महिना राधाकृष्ण सेबा संस्था सरस्वती नगर चाबहिल ,सामूहिक सेबा समाज चाबहिल ,रिताम्ब्हरा स्कुल नया बस्ति,लगायतका थुप्रै ठाउँमा दन्त सिबिर को आयोजना भयो र उक्त सिबिरहरुमा ६०० जना भन्दा बढी व्यक्ति ले उपचार गरायका थिए । सिबिर मा बिरामी को सुबीधा को लागि यस अस्पताल ले अत्याधुनिक सुबिधा सम्पन एम्बुलेन्सको प्रयोग गर्दै आइरहेको छ जस्मा डेन्टल चियर,कम्प्रेसर लगायतका सामाग्री हरु जडित छन् ।
यस अस्पतालले आफ्नो सामाजिक उत्तरदाइत्व अन्तर्गत निसुल्क दन्त सिबिर तथा दन्त स्वास्थ मुलक कार्यक्रम हरुलाई आगामी दिन हरु मा पनि निरन्तरता दिने र अझ बढी प्रभाबकारी बनाइँ उपत्यका भित्र र बाहिर गरि बार्षिक १००० स्थान भन्दा बढी नि:सुल्क दन्त सिबिर तथा दन्त स्वास्थ मुलक कार्यक्रम गर्ने लक्ष्य रहेको अस्पताल प्रशासनले जानकारी गराएको छ ।