OM Samaj Dental Hospital

Categories
news

दाँत स्वस्थ र सफा राख्ने उपाय

दाँतले अनुहारको सौन्दर्य नै उजागर गर्छ । सौन्दर्यको कुरा मात्र होइन, दाँत स्वास्थ्यका लागि पनि उत्तिकै महतवपूर्ण मानिन्छ । दाँतले चपाएरै खानेकुरा खाइन्छ । दाँत सफा, बलियो भयो भने खाएको खानेकुरा राम्ररी चपाउन सकिन्छ ।विहान र साँझ खान खाए पछि दाँत माझने गर्नु पर्छ । दाँत माझदाँ नरम ब्रस र फलोराइँणयुक्त मन्जनको प्रयोग गर्नु पर्छ । केही खाने वित्तिकै पानीले मुख कुल्ला गर्नु पर्छ । यस्तो गर्दा दाँतमा फोहोर जम्न पाउँदैन । यदि दाँतका गिजाबाट रगत आउने वा गिजा सम्बन्धी रोग छ भने मन तातो पानीमा नुन राखेर विहान बेलुका सफा गर्दा पनि हुन्छ ।


ठूला व्यक्तिको मात्रै होइन बच्चाको पनि दाँत सफाइमा ध्यान दिनुपर्छ । दुई बर्ष भन्दा कम उमेरको बच्चा छ भने पानीले कपास भिजाएर उसको गिजा नियमित सफा गरिदिनुपर्छ । बच्चा २ बर्ष पुगे पछि चाहिँ नरम ब्रसको प्रयोग गरी दाँत माझन लगाउँनु पर्छ । नियमित रुपमा दन्त चिकित्सक को मा जानु पर्छ । विस्कुट, चकलेट,टासिने खालका मिठाइले दाँतलाई असर गर्दछ । हरियो सागपात, रेसायुक्त खानेकुराले दाँत र हडडीलाई बलियो राख्छ । सन्तुलित आहारमा हामीले प्रोटिन, मिनरल, भिटामीन, आदिलाई विशेष जोड दिनु पर्छ । भिटामिन सी पाइने बस्तुले दाँत स्वस्थ्य राख्ने हुदाँ ती बस्तु खानु फाइदाजनक छ । बढी गुलियो, ज्यादै तातो, चिसो र कडा बस्तु खाने गर्दा हाम्रो दाँतलाई नोक्सान गर्दछ । टुथब्रसलाई नियमितरुपमा परिवर्तन गर्ने । ३ महिनाको अन्तरालमा त्यसलाई परिवर्तन गर्न ठीक हुन्छ । यदी ब्रस बिग्रेको जस्तो लाग्यो भने परिवर्तन गर्नुपर्छ । सकेसम्म राम्रो गुणस्तरको ब्रस प्रयोग गरौं ।
जिब्रोलाई सफा राख्ने । यसले तपाईंको सासलाई मात्र ताजा नराखेर, य सले दाँतको रंगलाई असर गर्ने ब्याक्टेरिया पैदा हुनबाट रोक्छ ।
हामि ले सही ढंगले नियमित ब्रस गरेर मात्र दाँतलाई सफा गर्न गर्न सक्दैनौ किनभने फोहोर हरु जमेर दात को र गिजा को भाग मा ढुंगा जस्तो दन्त ढुंगा बस्छ तेस्लाई निकाल्न दन्त चिकित्सकको मा गइ दाँतलाई सफा गर्नुपर्छ यसरी सफा गर्नाले दाँत र गिजा बलियो हुन्छ ।
(ओम समाज डेन्टल अस्पतालले दन्त स्वस्थ संबन्धमा जनचेतना को लागि)

Leave a Reply

Your email address will not be published. Required fields are marked *