OM Samaj Dental Hospital

लुम्बिनी विकास बैंक डिल्लीबजार,चारखाल , काठमाण्डौमा बुधबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल र लुम्बिनी विकास बैंक बीच दन्त रोगको उपचारमा छुट सम्वन्धी सम्झौता भएको छ । सम्झौतामा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा र ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा.सुभाष घिमिरेले हस्ताक्षर गर्नु भएको छ । उक्त सम्झौता बमोजिम लुम्बिनी विकास बैंकका कर्मचारी, कार्ड वाहक तथा ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा दन्त रोगको उपचारमा विशेष छुटको व्यबस्था गरिएको छ ।

यसै कार्यक्रममा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरे ले लुम्बिनी विकास बैंक का प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा ,बैंकका बरिस्ठ व्यक्तित्व पबन ढकाल, दीपक खनाल ,तिलक पाण्डे लाई माया को चिनो दिदै दन्त स्वास्थ हाम्रो लागी अभिन्न अंग हो जस्को दात सबल उस्को जिबन सफल भन्नु भयो ।उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा ले ओम समाज डेन्टल हस्पिटलसँग सहकार्य गर्नु पाउँदा खुसी प्रकट गर्दै हस्पिटल परिवारलाई हार्दिक आभार प्रकट गर्नुभयो । उक्त कार्यक्रम मा ओम समाज डेन्टल हस्पिटल प्रसासन प्रमुख अजय रेग्मी को पनि उपस्तिती रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *