OM Samaj Dental Hospital

वैशाक ७ , कोरोना भाइरसबाट जोगिन सरकारले गरेको लकडाउनको बेला दाँतमा समस्या हुँदा त्यसको पीडा सहेर बस्न नपरोस भन्दै ओम समाज डेन्टल हस्पिटलले अत्याधुनिक उपकरण जडान गरिएको एम्बुलेन्सबाट सेवा प्रदान सुरु गरेको छ ।


अत्याधुनिक सुविधा सम्पन्न, डेन्टल उपकरण जडित एम्बुलेन्सको सहायताले दन्त्य चिकित्सकले आवश्यकता अनुसार आज देखि दन्त्य उपचार सेवा घरघरमा गएर निःशुल्क सेवाको सुरुवात गरेको छ । अस्पतालका प्रसासनका अनुसार सामाजिक कार्यका लागि यो एउटा सानो प्रयास भएको भन्दै कोहि पनि दाँतको उपचारबाट बञ्चित हुन नपरोस्, कसैले पनि दुःख नपाउन्, अशक्त, ज्येष्ठ नागरिक वा अन्य कुनै रोगले हिँडडुल गर्न नसक्नेहरुलाई दाँत मुखको समस्याले अफ्ठ्यारो पारेको बेला घरमै गएर निःशुल्क आपतकालिन सेवाको व्यवस्था गरिएको हो । आज गैरीधारा,कपन,जोरपाटी को रुटमा ११ जना बिरामी लाइ निसुल्क सेबा दिएको रेग्मीले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *