OM Samaj Dental Hospital

ओम समाज डेन्टल हस्पिटल तथा विराज समाजको सयुक्त आयोजनामा एकदिने निशुल्क दन्त शिविर को साथै तीज २०७६ कार्यक्रम एसियन भिलेज फुड ल्याण्ड एण्ड पार्टी प्यालेस सुकेधारा, काठमाडौं मा सम्पन्न भएको छ ।

उक्त शिविर तथा तीज कार्यक्रममा प्रमुख अतिथि एवम् मन्त्री परिषद्का पूर्वअध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलाराज रेग्मी, पूर्वमन्त्री होमनाथ दाहाल, प्रा।मुकुन्दराज दाहाल, राष्ट्रगानका रचनाकार प्रदीपकुमार राई ९व्याकुल माइला, वरिष्ठ कलाकार लक्ष्मी गिरी, ओम समाज डेन्टल हस्पिटल का उपाध्यक्ष रामेश्वर के.सी,प्रसासन प्रमुख अजय रेग्मी साथै कुमारी बैंक चावहिल शाखा प्रमुख स्मृती जोशी लगायत का थुप्रै बिसिस्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो भने सिबिर सन्चालनमा ओम समाज डेन्टल हस्पिटलका तर्फबाट डाक्टर सुबिन श्रेष्ठ,बिजय गामी हरु लगायत अन्य कर्मचारी हरु सिता श्रेष्ठ, सावित्रा निरौला, विद्या रुम्बा को उपस्थिति रहेको थियो । ओम समाज डेन्टल हस्पिटल चावहिलले आयोजना गरेको निशुल्क दन्त शिविरमा राष्ट्रगानका रचनाकार व्याकुल माइला सहितको २५० जनाले दन्त परीक्षण तथा उपचार गराएका थिए भने तीज विशेष सांस्कृतिक कार्यक्रममा विराज समाजको तर्फ बाट सहभागीहरु मध्ये १६ जनालाई सहयोग सौगाद तथा कुमारी बैकको तर्फबाट दस जना लाई तीजको उपहार समेत प्रदान गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *